काठमाण्डौ । आज दिउँसो सुर्खेत विमानस्थलमा श्री एयरको जहाज (कल साइन ९ एन–एओएल) अवतरण गर्ने क्रममा टायर पङ्चर भएको छ।
पङ्चर भएको टायर पछाडिको बायाँ तर्फको भएको जनाइएको छ । जहाजमा अरु कुनै क्षति भएको छैन र सबै यात्रुहरू सुरक्षित रहेका छन्।
अहिले जहाज पार्किङ बेमा राखेर मर्मतसम्भार भइरहेको छ। यस घटनाका कारण आजको सुर्खेत–काठमाण्डौ निर्धारित उडान रद्द गरिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।