काठमाण्डौ । नाटोको हवाई प्रतिरक्षा प्रणालीले टर्कीको आकाशीय क्षेत्रमा प्रवेश गर्न लागेको इरानी क्षेप्यास्त्रलाई खसालेको छ।
नाटो सदस्य राष्ट्र टर्कीको रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार उक्त क्षेप्यास्त्रलाई टर्कीको आकाशीय क्षेत्रतर्फ अघि बढिरहेको अवस्थामा अवरोध गरी नष्ट गरिएको हो। मन्त्रालयले घटनामा कुनै मानवीय क्षति वा घाइते नभएको जनाएको छ।
विज्ञप्तिमा जनाइएअनुसार क्षेप्यास्त्रले इराक र सिरियाको आकाशीय क्षेत्र पार गर्दै टर्कीतर्फ गइरहेको अवस्थामा पहिचान गरिएको थियो।
टर्कीले क्षेत्रीय तनाव थप चर्किन नदिन सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ। मन्त्रालयले द्वन्द्व थप फैलिन सक्ने कुनै पनि कदमबाट टाढा रहन सम्बद्ध पक्षहरूलाई चेतावनी दिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।