काठमाण्डौ । श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा पहिलो जित हासिल गर्दै आफ्नो खाता खोलेको छ। खोटाङमा उक्त पार्टीका उम्मेदवार आरेन राई विजयी भएका हुन्।
राईले कुल १६ हजार ६१२ मत प्राप्त गर्दै जीत हात पारे। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका देवबिक्रम राईले १२ हजार ७१४ मत पाए।
त्यस्तै, नेपाली कांग्रेसका वीरकाजी राईले ११ हजार ९५७ मत प्राप्त गर्दा नेपाली कम्युनिस्ट पार्टीका हरि रोकाले ९ हजार ४४३ मत ल्याए।
यसैगरी, **राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)**का रुद्र गिरीले ५ हजार ७०४ मत प्राप्त गरेका छन्।

