समानुपातिक मत अपडेट: रास्वपाले ३० लाख कटाउँदा कांग्रेसको पनि १० लाख पार
काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले समानुपातिकतर्फ ३० लाख बढी मत कटाएको छ । निर्वाचन आयोगका अनुसार ६२ लाख ६५ हजार ६९८ मत गणना हुँदाको अवस्थामा रास्वपाले ३० लाख ६४ हजार ४३३ मत प्राप्त गरेको छ । नेपाली कांग्रेसले पनि १० लाख ३३ हजार ३६८ मत प्राप्त गरेको छ । प्रत्यक्षमा झै समानुपातिकमा पनि कांग्रेस दोश्रो स्थानमा छ ।

