काठमाण्र्डा । महाविर पुनले चुनावी खर्च सार्वजनिक गरेका छन् । म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका पुनले आफ्नो चुनावी खर्चको विवरण जिल्ला निर्वाचन कार्यालय म्याग्दीमा पेश गरेका हुन् ।
विवरणअनुसार पुनले चुनावमा २८ लाख ६८ हजार ८६८ रूपैयाँ खर्च गरेको गरेको उल्लेख छ ।
जसअनुसार मनोनयन दर्तामा १० हजार, मतदाता नामावली खरिद ३ हजार, प्रचारप्रसार सामग्री खरिद २ लाख ९० हजार ५७५, यातायाता र मर्मत खर्च ६ लाख ६० हजार ९९८, चालक ज्याला १ लाख ४० हजार, होटल बास र खाना खर्च १३ लाख ७ हजार ६१९, डिजेल खर्च ३ लाख ६० हजार ४९९, स्टेशनरी २५ हजार ३०० र विविधमा ७० हजार ८७७ रूपैयाँ खर्च भएको उल्लेख छ ।
पुन १४ हजार ९३१ मतान्तरले म्याग्दीमा विजयी भएका थिए । उनले २२ हजार ८५० मत प्राप्त गर्दा एमालेका हरिकृष्ण श्रेष्ठले ७ हजार ९१२ मत ल्याएका थिए ।

