शनिबार, बैशाख ५,२०८३ 04:35:35
Bizshala
  • शनिबार, बैशाख ५,२०८३ 04:35:35
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

८ महिनामा साढे ७ खर्बको राजश्व संकलन, आयकरमा सामान्य गिरावट

Bizshala
८ महिनामा साढे ७ खर्बको राजश्व संकलन, आयकरमा सामान्य गिरावट
Shivam Cement

काठमाण्डौ । चालु आवको ८ महिनासम्ममा साढे ७ खर्ब राजश्व संकलन भएको छ । अर्थमन्त्रालयका अनुसार फागुन मसान्तसम्म ७ खर्ब ५१ अर्ब ८५ करोड ६५ लाख रुपैयाँ बराबरको राजश्व संकलन भएको हो ।  

मन्त्रालयका अनुसार राजश्व संकलन ३ प्रतिशतले बढेको छ भने समग्र राजश्व बढ्दा आयकर भने झिनो घटेको छ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

फागुन मसान्तसम्म १ खर्ब ७० अर्ब ९० करोड रुपैयाँ आकयर संकलन भएको छ । यो गत आवको सोही अवधिसम्मको तुलनामा १.४२ प्रतिशत कम हो । गत आवको फागुन मसान्तसम्म १ खर्ब ७३ अर्ब २६ करोड रुपैयाँ बराबरको आयकर संकलन भएको थियो ।    

सो अवधिसम्म भन्सार महसुल, भ्याट, अन्तःशुल्क लगायतका राजश्व बढेको मन्त्रालयले जनाएको छ ।  

CG Motors
Garima Development Bank
IME remit

ब्याज करमा गिरावट आउदा आयकर घटेको देखिएको छ । सो अवधिसम्म १९ अर्ब ५१ करोड रुपैयाँ ब्याज कर संकलन भएको छ । गत आवको साहेी अवधिसम्म भने २२ खर्ब ५९ करोड ४६ लाख रुपैयाँ ब्याज कर संकलन भएको थियो ।  

फागुन मसान्तसम्म १ खर्ब ५५ अर्ब ९० करोड रुपैयाँ भन्सार महसुल, २ खर्ब २५ अर्ब ५३ करोड रुपैयाँ मूल्य अभिबृद्धि कर संकलन भएको छ । 

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.