शुक्रबार, बैशाख ४,२०८३ 05:28:17
Bizshala
  • शुक्रबार, बैशाख ४,२०८३ 05:28:17
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

विज्ञ अर्थमन्त्री पनि भए असफल: अर्थतन्त्र डामाडोल, बालेन सरकारलाई ‘खाली ट्रेजरी’ उपहार !

Bizshala
विज्ञ अर्थमन्त्री पनि भए असफल: अर्थतन्त्र डामाडोल, बालेन सरकारलाई ‘खाली ट्रेजरी’ उपहार !
Shivam Cement

काठमाण्डौ । कामचलाउ सरकारले लक्ष्यअनुसार राजस्व उठाउन नसक्दा राष्ट्रिय कोष (नेसनल ट्रेजरी) दबाबमा पुगेको छ। आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्मको तथ्यांकले सरकारको राजस्व प्रदर्शन कमजोर देखाएको छ। यसलाई अर्थमन्त्री डा. रामेश्वर खनाल लोकप्रियता र व्यक्तिगत स्टन्टबाजीमा केन्द्रित हुँदा वित्तीय अनुशासन कमजोर भएको परिणामका रूपमा विश्लेषण गर्न थालिएको छ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

राजस्व व्यवस्थापन सूचना प्रणाली (RMIS) का अनुसार चालु आर्थिक वर्ष २०८२/८३ मा वार्षिक रूपमा १४ खर्ब ८० अर्ब राजस्व उठाउने लक्ष्य राखिएको छ। फागुनसम्म ९ खर्ब १० अर्ब २० करोड उठाउने लक्ष्य राखिएकोमा फागुन ३० गतेसम्म ७ खर्ब ५१ अर्ब ५८ करोड मात्रै संकलन भएको छ, जुन लक्ष्यको करिब ८२.६ प्रतिशत मात्र हो।

फागुन महिनामै राजस्व संकलनको अवस्था पनि कमजोर नै देखिएको छ । उक्त महिनामा ९६ अर्ब ५७ करोड उठाउने लक्ष्य राखिएकोमा जम्मा ८२ अर्ब ५३ करोड मात्र संकलन भएको छ, अर्थात् लक्ष्यको ८५ प्रतिशत मात्रै। फागुन ३० गते एकै दिनको संकलन ७४ करोड रुपैयाँ मात्र रहेको तथ्यांकले देखाउँछ।

CG Motors
Garima Development Bank
IME remit

यसरी राजस्व लक्ष्य लगातार चुक्दा सरकारको खर्च व्यवस्थापन र नगद प्रवाहमा दबाब बढ्ने संकेत देखिएको छ। आर्थिक क्षेत्रका जानकारहरूका अनुसार सरकार परिवर्तनको संघारमा यस्तो अवस्था आउनु वित्तीय व्यवस्थापनका दृष्टिले चिन्ताजनक हो।

राजनीतिक रूपमा हेर्दा कामचलाउ सरकार अब विदा हुने तयारीमा छ। रास्वपाका वरिष्ठ नेता बालेन शाहको नेतृत्वमा अबको १० दिनभित्र नयाँ सरकार बनाइसक्ने तयारी छ ।  तर, कमजोर राजस्व संकलनका कारण नयाँ सरकारलाई सुरुवातमै स्रोत अभावको संकट सामना गर्नुपर्ने अवस्था आउन सक्ने देखिएको छ।

'राजश्वको लक्ष्य किन पूरा हुन सकेन ? नेशनल ट्रेजरीलाई बलियो बनाउन खनालको विज्ञताले किन काम गर्न सकेन ?' लगायतका विषयमा हामीले उनलाई प्रश्न सोधेका थियौं, तर अर्थमन्त्रीले हाम्रो कुनै पनि प्रश्नको जवाफ दिएनन् । 

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.