मंगलवार, आश्विन १३,२०८३ 07:07:27
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 07:07:27
Bizshala
Global IME Bank Limited

धनुषामा रास्वपाको जित खेर गयो, सर्वोच्चले अन्तरिम आदेश दिएन

Bizshala
धनुषामा रास्वपाको जित खेर गयो, सर्वोच्चले अन्तरिम आदेश दिएन
New Office

काठमाण्डौ । धनुषा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साहलाई प्रत्यक्षतर्फ प्राप्त भएको बहुमत अन्ततः खेर गएको छ। सर्वोच्च अदालतले साहको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयलाई तत्काल रोक्न अस्वीकार गरेपछि रास्वपाले जितेको मानिएको सिट पनि गुमेको हो।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

उम्मेदवारी कायम गराइदिन माग गर्दै साहले निर्वाचन आयोगको निर्णय खारेज गर्न अन्तरिम आदेश मागसहित सर्वोच्च अदालतमा निवेदन दिएका थिए। तर न्यायाधीशद्वय विनोद शर्मा र मेघराज पोखरेलको इजलासले अन्तरिम आदेश दिन आवश्यक नदेखिएको भन्दै निवेदन अस्वीकार गरेको छ।

सर्वोच्चको यस आदेशसँगै निर्वाचन आयोगको निर्णय यथावत रहेको छ। त्यसका कारण धनुषा–१ मा निर्वाचन अधिकृतको कार्यालयले मात्रिका यादव निर्वाचित भएको भनी गरेको निर्णय पनि कायम रहने भएको छ।

यस घटनासँगै धनुषामा प्रत्यक्षतर्फ रास्वपा उम्मेदवारले प्राप्त गरेको बहुमतको मत परिणाममा परिणत हुन सकेन। फलस्वरूप रास्वपाले प्रतिनिधिसभामा थपिने भनिएको एक सिट पनि गुमाएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.