मंगलवार, आश्विन १३,२०८३ 05:19:24
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 05:19:24
Bizshala
Global IME Bank Limited

अर्थमन्त्रीमा ‘लास्ट मिनेट’ गेम, स्वर्णिमको ठाउँमा बुढाथोकीको नाम आएपछि तरंग !

Bizshala
अर्थमन्त्रीमा ‘लास्ट मिनेट’ गेम, स्वर्णिमको ठाउँमा बुढाथोकीको नाम आएपछि तरंग !
New Office

काठमाण्डौ । नयाँ सरकार गठनको अन्तिम तयारी तीव्र बन्दै जाँदा भावी अर्थमन्त्रीको विषयमा अप्रत्याशित मोड देखिन थालेको छ । केही दिनअघिसम्म डा. स्वर्णिम वाग्ले अर्थमन्त्रीका रूपमा लगभग ‘कन्फर्म’ जस्तै देखिएका थिए । तर, मन्त्रिपरिषद् गठनको अन्तिम चरणमा नयाँ पात्रको इन्ट्रीले समीकरण बदलिने संकेत देखिएको छ ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

उच्च स्रोतकाअनुसार भावी प्रधानमन्त्री बालेन शाहले अर्थ मन्त्रालयका लागि नयाँ नाम अघि सारेका छन्: डा. कृष्णहरि बुढाथोकी । यसले अर्थमन्त्रीको दौड अन्तिम अवस्थामा एकाएक रोचक बन्ने देखिएको छ ।

रास्वपाभित्रको शक्ति सन्तुलनकैबीच आएको यो प्रस्तावलाई अर्थपूर्ण रूपमा हेरिएको छ । यसअघि पार्टी सभापति रवि लामिछाने पक्षबाट वाग्लेको नाम अघि बढाइएको थियो र उनी नै अर्थ सम्हाल्ने लगभग निश्चित जस्तै मानिएको थियो ।

तर, बालेन शाहले आफ्नै विश्वासपात्र र बलियो व्यावसायिक पृष्ठभूमि भएका व्यक्तिलाई अर्थ मन्त्रालय सुम्पने रणनीति अघि सारेको बुझिएको छ । बैंकिङ तथा वित्तीय क्षेत्रमा दुई दशकभन्दा बढी अनुभव बटुलेका बुढाथोकीलाई अघि सार्नु बालेनको ‘टेक्नोक्रेटिक अप्रोच’को संकेतका रूपमा व्याख्या गरिएको छ ।

यद्यपि, यो प्रस्तावलाई रवि लामिछानेले सहजै स्वीकार गर्ने सम्भावना कम देखिएको स्रोतको दाबी छ ।

यस घटनाक्रमले रास्वपाभित्र दुई स्पष्ट धार देखिएको छ-एकातिर बालेन समूह, अर्कोतिर रवि समूह । मन्त्री छनोटमा सहमति जुट्न नसक्दा अन्तिम सूची अझै अनिश्चित बनेको छ ।

स्रोतकाअनुसार, “मन्त्रीहरूको सूची लगभग तयार भए पनि अन्तिम समयमा फेरबदल हुने सम्भावना उच्च छ । विशेषगरी अर्थ र गृह मन्त्रालयजस्ता संवेदनशील जिम्मेवारीमा निर्णय निकै रणनीतिक हुनेछ ।”

यसैबीच, अन्य मन्त्रालयमा पनि बालेनले आफ्ना नजिकका पात्रलाई अघि सारेका छन्, जसले मन्त्रिपरिषद् सूची अनुमानभन्दा फरक र थप चाखलाग्दो बन्ने संकेत गरेको छ ।

अन्तिम घडीको यो ट्वीस्टले अब बन्ने सरकारको संरचना मात्र होइन, रास्वपाभित्रको भित्री शक्ति समीकरणलाई समेत पुनः परिभाषित गर्ने देखिएको छ । क्याबिनेट चयनकै कारण बालेन र रविबीच तिक्तता बढ्ने हो कि भन्ने आशंका पनि यतिबेला बलियो बन्दै गएको छ ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.