आईतवार, बैशाख ६,२०८३ 11:38:17
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 11:38:17
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

अर्थमन्त्रीको उद्घोष-'पोलिसी क्याप्चरको युग सकियो, अब आउने ऐनहरू ‘रेन्ट सिकिङ’का लागि हुने छैनन्'

Bizshala
अर्थमन्त्रीको उद्घोष-'पोलिसी क्याप्चरको युग सकियो, अब आउने ऐनहरू ‘रेन्ट सिकिङ’का लागि हुने छैनन्'
Shivam Cement

काठमाण्डौ । नवनियुक्त अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘पोलिसी क्याप्चरको युग सकियो, अब आउने ऐनहरू ‘रेन्ट सिकिङ’का लागि हुने छैनन्’ भन्दै ठोस सुधारको संकेत गरेका छन् ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

शुक्रबार अर्थ मन्त्रालयको पदभार ग्रहण गर्दै वाग्लेले विगतका वर्षहरूमा राजनीतिक संरक्षणमा नीतिगत भ्रष्टाचार र विशेष वर्गको नीति कब्जा (पोलिसी क्याप्चर) मौलाएको बताए । उनले स्पष्ट भने, “भ्रष्ट राजनीतिको आडमा गरिने नीतिगत भ्रष्टाचार र पोलिसी क्याप्चरको युग अब सकिएको छ । अब आउने ऐनहरू कुनै निहित स्वार्थ वा रेन्ट सिकिङ (भाडा खोज्ने) का लागि बन्ने छैनन्, बरु देश र जनताको हितमा मात्र बन्नेछन् ।”

अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षको बजेटलाई पूर्ण रूपान्तरणकारी बनाउने घोषणा गरे । उनले भने, “विगत जस्तो आर्थिक राजकाजको बजेट यसपालि आउँदैन । जेठ १५ मा आउने बजेटले आर्थिक जहाजको दिशा नै मोड्नेछ । रूपान्तरणसहितको नयाँ बजेट आउनेछ ।”

CG Motors
Garima Development Bank
IME remit

वाग्लेले राजनीति खर्चिलो बन्दा नीति, संस्था र विशिष्ट वर्गको कब्जा बढेको बताए । अब त्यस्तो अवस्था नरहने दाबी गर्दै उनले जनताले प्रत्यक्ष भोग्ने सास्ती हटाउने कामलाई सरकारको मुख्य प्राथमिकता रहेको उल्लेख गरे । “जनताले घुस खुवाउनु नपर्ने, लाइन बस्नु नपर्ने र दैनिक जीवनमा प्रत्यक्ष प्रभाव पार्ने सुधारका निर्णयहरू आजैबाट अघि बढाइनेछ,” उनले जानकारी दिए ।

मध्यपूर्वको तनावले नेपालको अर्थतन्त्रमा पर्न सक्ने अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन असरको समाधान खोज्ने प्रतिबद्धता पनि वाग्लेले जनाए । उनले भने, “अर्थतन्त्रका केही सूचक सकारात्मक छन्, तर हामी सन्तुष्ट छैनौं । बाह्य र आन्तरिक चुनौती दुवै छन् । शिथिलताबाट बाहिर निस्कने बाटो खोजिनेछ।”

डा. स्वर्णिम वाग्ले (रास्वपाका उपसभापति तथा तनहुँ-१ बाट निर्वाचित) बालेन शाह नेतृत्वको सरकारमा अर्थमन्त्रीका रूपमा नियुक्त भएका हुन् । उनको यो अभिव्यक्तिले नयाँ सरकारले नीति निर्माणमा निहित स्वार्थ र विशेष वर्गको प्रभाव अन्त्य गर्दै जनहितकेन्द्रित आर्थिक सुधार गर्ने संकल्प गरेको देखिन्छ ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.