मंगलवार, कार्तिक ३,२०८३ 04:56:35
  • मंगलवार, कार्तिक ३,२०८३ 04:56:35
Global IME Bank Limited

बारम्बार थ्रेट आएपछि कार्कीलाई सेनाको ब्यारेकमा सार्ने तयारी

Bizshala
बारम्बार थ्रेट आएपछि कार्कीलाई सेनाको ब्यारेकमा सार्ने तयारी
New Office

काठमाण्डौ । जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीलाई आज दिनभरमा दर्जनौ धम्कीहरु आएपछि सुरक्षा जोखिम बढेको ठहर गर्दै सुरक्षित स्थानमा सार्ने तयारी सुरु गरिएको छ ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

कार्कीको निवास भक्तपुरको गुुण्डुमा छ । शनिवार बिहान भक्तपुरको गुण्डुमै रहेका एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई कार्की आयोगको सिफारिस बमोजिम जेनजी आन्दोलनमा हिंसात्मक दमन गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो । ओली पक्राउ परेपछि उनका समर्थकहरुबाट बारम्बार ज्यान मार्नेसम्मको धम्की आएको कार्कीले उजुरी गरेपछि सरकारले उनलाई सपरिवार सुरक्षित स्थानमा सार्ने विषयमा छलफल सुरु गरेको गृहस्थित उच्च स्रोतले जानकारी दिएको छ ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

स्रोतका अनुसार कार्कीलाई नेपाली सेना वा सशस्त्र प्रहरीको ब्यारेकमा सार्ने विकल्पमा छलफल भइरहेको छ । आजै निर्णय गरी मध्यरातिसम्म ब्यारेकमा सार्न सकिने बताइएको छ । यो विषयमा आधिकारिक निर्णय गर्न काठमाण्डौ जिल्लाको सुरक्षा समितिको आकस्मिक बैठक पनि बोलाइएको छ ।  

कार्कीलाई अज्ञात व्यक्तिहरुबाट धम्की आउने क्रम जारी रहेको छ । यहीकारण हाल उनको निवासमा बाक्लो सुरक्षा तैनाथी गरिएको छ ।  

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.