Bizshala
  • आईतवार, चैत्र १५,२०८२ 02:05:01
Bizshala
Global IME Bank Limited

अस्पतालबाट अदालतमा ‘भर्चुअल’ उपस्थित हुँदै ओली, सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण निवेदन

Hyundai Nepal
अस्पतालबाट अदालतमा ‘भर्चुअल’ उपस्थित हुँदै ओली, सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण निवेदन
Shivam Cement

काठमाण्डौ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई अदालतमा भौतिक रूपमा उपस्थित गराउन नसकिने भएपछि भिडियो कन्फ्रेन्सिङमार्फत उपस्थित गराउने तयारी गरिएको छ। 

स्वास्थ्य अवस्था कमजोर देखिएपछि उनलाई त्रिवि शिक्षण अस्पतालमै राखेर कानुनी प्रक्रिया अघि बढाउने तयारी भएको हो।

CG Motors
New Office
Laxmi Sunrise Bank Limited

शनिबार भक्तपुरको गुन्डुबाट पक्राउ परेका ओली हाल अस्पतालमा उपचाररत छन्। चिकित्सकहरूले उनको स्वास्थ्य परीक्षणपछि तत्काल हिँडडुल गराउनु उपयुक्त नहुने सुझाव दिएका छन्। सोही सिफारिसका आधारमा सरकारी वकिलको कार्यालयले भर्चुअल माध्यमबाट अदालतमा पेश गर्ने तयारी थालेको स्रोतले जनाएको छ।

यसबीच, ओलीको रिहाइको माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता भएको छ। उनकी पत्नी राधिका शाक्यले गैरकानूनी रूपमा पक्राउ गरी थुनामा राखिएको दाबी गर्दै निवेदन दायर गरेकी हुन्। सर्वोच्च अदालतका सूचना अधिकारीका अनुसार निवेदन अध्ययनको क्रममा रहेको छ र दर्ता प्रक्रिया पूरा भएमा भोलिदेखि सुनुवाइ हुन सक्नेछ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

उता, काठमाडौं जिल्ला अदालत र जिल्ला प्रहरी परिसर आसपासका क्षेत्रमा सुरक्षा सतर्कता उच्च पारिएको छ। सम्भावित प्रदर्शन र भीडलाई ध्यानमा राख्दै ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

यसै प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री रमेश लेखकलाई भने अदालतमा भौतिक रूपमा उपस्थित गराइसकिएको छ।

ओली र लेखकलाई जेन–जी आन्दोलन दमनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा चैत १४ गते पक्राउ गरिएको हो।

Global IME Bank Limited

यो पनि हेर्नुहोस

Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.