काठमाण्डौ । सर्वोच्च अदालत ले रवि लामिछाने विरुद्ध दायर सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको अभियोग हटाउने निर्णयविरुद्ध परेको रिट पूर्ण इजलासमा पठाउन आदेश दिएको छ।
न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमानको इजलासले उक्त विषय गम्भीर प्रकृतिको भएको भन्दै पूर्ण इजलासबाट अन्तिम सुनुवाइ आवश्यक ठहर गरेको हो।
यसअघि सविता भण्डारी ले विभिन्न जिल्लामा विचाराधीन मुद्दामा लामिछानेलाई सहकारी ठगीमा मात्र मुद्दा चलाउन र अन्य दुई कसुर हटाउन निर्देशन दिएकी थिइन्। सो निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले रिट दायर गरेका हुन्।
लामिछानेमाथि कास्की, काठमाडौं, रुपन्देही र पर्साका सहकारी प्रकरणमा ठगीसँगै सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधका मुद्दा जोडिएका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।