बिहीबार, असार ११,२०८३ 02:10:05
Bizshala
  • बिहीबार, असार ११,२०८३ 02:10:05
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नवनिर्वाचित सांसदले जेठ १० भित्र सम्पत्ति विवरण बुझाउनुपर्ने

Laxmi Sunrise Bank Limited
नवनिर्वाचित सांसदले जेठ १० भित्र सम्पत्ति विवरण बुझाउनुपर्ने

काठमाण्डौ । संघीय संसद् सचिवालय ले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित सांसदहरूलाई आगामी जेठ १० गतेभित्र आफ्नो सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको छ।

New Office
CG Motors
Garima Development Bank

सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीका अनुसार, सांसदहरूले सो मितिभित्र कार्यालय समयभित्रै सांसद सुविधा व्यवस्थापन शाखामा सम्पत्ति विवरण दर्ता गराउनुपर्नेछ।

यो व्यवस्था भ्रष्टाचार निवारण ऐन २०५९ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्बन्धी कानुनी प्रावधानअनुसार सार्वजनिक पदधारीले पद सम्हालेको ६० दिनभित्र आफ्नो तथा परिवारको सम्पत्तिको स्रोतसहित विवरण बुझाउनुपर्ने बाध्यतासँग सम्बन्धित हो।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

नवनिर्वाचित सांसदहरूले चैत १२ गते शपथ लिएकाले सो मितिदेखि ६० दिन पूरा हुने समयसीमा जेठ १० गते पर्ने हुँदा त्यसभित्रै विवरण बुझाउन भनिएको हो।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.