आईतवार, बैशाख ६,२०८३ 08:36:07
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 08:36:07
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

अदालतको आदेश: ओली–लेखक ५ दिन अझै हिरासतमा

Bizshala
अदालतको आदेश: ओली–लेखक ५ दिन अझै हिरासतमा
Shivam Cement

काठमाण्डौ । जेनजी आन्दोलनसँग जोडिएको दमन प्रकरणमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक माथि अनुसन्धान अझै विस्तार गर्ने बाटो खुलेको छ। जिल्ला अदालत काठमाडौंले दुवैलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएको हो।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

आइतबार न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले सरकारी वकिलको मागलाई स्वीकार गर्दै अनुसन्धान अपुग रहेको निष्कर्षसहित म्याद थप गरेको हो। सरकारी पक्षले घटनाको प्रकृति गम्भीर भएको, थप प्रमाण संकलन गर्नुपर्ने र संलग्नता स्पष्ट पार्न समय आवश्यक रहेको दाबी गरेको थियो।

यो मुद्दाको जड भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा पुगेको छ, जहाँ आन्दोलन दबाउन प्रयोग गरिएको बल र त्यसबाट उत्पन्न परिस्थितिबारे व्यापक विवाद भएको थियो। उक्त समयमा ओली प्रधानमन्त्री तथा लेखक गृहमन्त्रीका रूपमा राज्य सञ्चालनको मुख्य जिम्मेवारीमा थिए, जसका कारण उनीहरूलाई निर्णय प्रक्रियासँग प्रत्यक्ष जोडिएको ठानिएको छ।

CG Motors
Garima Development Bank
IME remit

आन्दोलनका क्रममा भएको दमनबारे छानबिन गर्न सरकारले गठन गरेको विशेष आयोगले विस्तृत अध्ययनपछि दुवै नेतामाथि फौजदारी अभियोगमा कारबाही अघि बढाउन सिफारिस गरेको थियो। सोही सिफारिस कार्यान्वयन गर्दै प्रहरीले शनिबार बिहान पक्राउ पुर्जीका आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

अदालतमा आइतबार भएको सुनुवाइमा लेखक स्वयं उपस्थित भई आफ्नो धारणा राखेका थिए भने ओली स्वास्थ्य समस्याका कारण त्रिवि शिक्षण अस्पताल बाट भर्चुअल माध्यममार्फत इजलासमा सहभागी भएका थिए।

अब थप पाँच दिनको अवधिमा अनुसन्धान टोलीले घटनासँग सम्बन्धित थप कागजात, आदेश श्रृंखला र जिम्मेवारी निर्धारणका आधारहरू संकलन गर्ने तयारी गरेको छ। यसले आगामी कानुनी प्रक्रियामा महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.