आईतवार, बैशाख ६,२०८३ 11:39:40
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 11:39:40
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

माइतीघरमा अरू नेता, बस्नेत बेपत्ता: ‘फ्रन्टलाइन’मा अरूलाई पठाएर आफैं अन्डरग्राउन्ड ?

Bizshala
माइतीघरमा अरू नेता, बस्नेत बेपत्ता: ‘फ्रन्टलाइन’मा अरूलाई पठाएर आफैं अन्डरग्राउन्ड ?
Shivam Cement

काठमाण्डौ । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग गर्दै माइतीघर मण्डलामा आन्दोलन चर्काइरहेका बेला पार्टीका सचिव महेश बस्नेत भने सार्वजनिक रूपमा देखिएका छैनन्। 

आन्दोलनको अगुवाइ अरू पदाधिकारीले गरिरहेका छन्, तर बस्नेत भने प्रहरीको खोजी सूचीमा परेपछि ‘बेपत्ता’ जस्तै बनेका छन्।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

स्रोतका अनुसार गृह मन्त्रालयको निर्देशनपछि बस्नेतलाई पक्राउ गर्न सुरक्षा निकायले रणनीति नै बदलेको छ। अब लुकेर खोज्ने होइन, उनी सार्वजनिक रूपमा देखिनेबित्तिकै ‘टार्गेट अरेस्ट’ गर्ने तयारी छ। तर, बस्नेतले भने पछिल्ला दुई दिनदेखि निरन्तर सुरक्षाकर्मीलाई छल्दै आएका छन्।

आइतबार माइतीघरमा देखिए पनि उनी चाँडै त्यहाँबाट निस्किएका थिए। प्रहरीले उनको गतिविधि नजिकबाट ट्र्याक गरिरहेको संकेत पाएपछि उनले फोन अफ गर्दै सम्पर्कविहीन बनेका थिए। त्यसपछि राति अबेर सामाजिक सञ्जालमा देखिँदै आफू नभागेको र “पुरानो मुद्दामा फसाउने षड्यन्त्र” भइरहेको दाबी गरेका थिए। प्रहरी स्रोतका अनुसार उनले ललितपुर आसपासबाट स्टाटस पोस्ट गरेको अनुमान छ।

सोमबार भने उनले पुनः माइतीघरमा हुने प्रदर्शनमा सहभागी हुन आह्वान गर्दै “मोर्चामा भेटौँला” भने पनि उनी आफैं भने देखिएनन्। यसले बस्नेतले अन्य नेता–कार्यकर्तालाई सडकमा उतारेर आफैं ‘लो–प्रोफाइल’मा बस्ने रणनीति अपनाएको आशंका बढाएको छ।

CG Motors
Garima Development Bank
IME remit

उता, माइतीघरमा एमालेका अन्य शीर्ष नेताहरूको उपस्थितिमा प्रदर्शन जारी छ। ओलीको रिहाइको माग गर्दै नाराबाजी भइरहेको छ, तर बस्नेतको अनुपस्थिति भने चासोको विषय बनेको छ।

बस्नेतमाथि एमालेकै एक महिला कार्यकर्तामाथि जबरजस्ती करणी र भ्रूण हत्या गराएको गम्भीर आरोपमा मुद्दा दर्ता छ, जुन तीन वर्षदेखि अदालतमा विचाराधीन छ। आइतबार मात्रै पीडित भनिएकी महिलाले नयाँ उजुरी दर्ता गर्दै तत्काल पक्राउको माग गरेकी छिन्।

सुरक्षा निकायको विश्लेषणमा हालको आन्दोलनलाई ‘अराजक’ बनाउने मुख्य पात्र बस्नेत नै भएको निष्कर्ष निकालिएको छ। त्यसैले, उनलाई नियन्त्रणमा लिन सके आन्दोलनको स्वरूप नै बदलिन सक्ने आकलन गरिएको छ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.