बुधबार, चैत्र २५,२०८२ 08:45:03
Bizshala
  • बुधबार, चैत्र २५,२०८२ 08:45:03
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश उपाध्यक्षमा मैनाली विजयी

Bizshala
नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश उपाध्यक्षमा मैनाली विजयी
Shivam Cement

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको २०८२ चैत २४ गते हेटौंडामा सम्पन्न  ९ औं प्रदेश सभाबाट बस्तुगत समूह तर्फ  उपाध्यक्ष पदमा प्रेमहरि मैनाली विजयी भएका छन् ।

 मैनाली नेपाल वितरक संघका अध्यक्ष समेत हुन् भने उनि विभिन्न संघ संस्थामा आवद्ध सकृय एवं एक अनुभवि ब्यवसायिक व्यक्तित्व हुन् । उद्योग, व्यापार एवं  वितरण क्षेत्रमा दुई दशक भन्दा बढी लामो व्यावसायिक अनुभव सँगालेका मैनालीको जितले महासंघ बागमती प्रदेशको  कार्य सम्पादनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ ।

CG Motors
New Office
Laxmi Sunrise Bank Limited

मैनालीले नीतिगत सुधार, स्वदेशी उत्पादनको गुणस्तर ,  प्रवद्र्धन , बजारीकरण र  प्रयोगमा विशेष जोड दिने बताए । समग्र  उद्योगी व्यवसायीहरुको क्षमता अभिवृद्धि, व्यवसायिक हक, हित र अधिकारका लागि सम्पूर्ण बस्तुगत संघ संस्था एवं ब्यवसायिहरु सङ समन्वय र सहकार्य गरि नव निर्वाचन कार्यसमिति परिवार एक ढिक्का भयर  काम गर्ने प्रतिबद्धता जनाए ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

आफुलाई विश्वास गरेर अमूल्य मत दिने सबै वस्तुगत संघ  संस्थाकाअध्यक्ष  तथा प्रतिनिधिहरुप्रति आभार व्यक्त गर्दै अग्रजहरुको सम्मान, आपसी सहकार्य , सल्लाह र सुुझाव लिएर सधैं व्यावसायिक क्षेत्रको हकहितका लागी सक्रिय रहने मैनालीले बताए ।

Global IME Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.