बिहीबार, बैशाख ३१,२०८३ 04:24:55
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 04:24:55
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सुर्खेतमा नबिलको निःशुल्क जलन उपचार शिविर, ५० बढी पीडितलाई राहत

Laxmi Sunrise Bank Limited
सुर्खेतमा नबिलको निःशुल्क जलन उपचार शिविर, ५० बढी पीडितलाई राहत
Shivam Cement

काठमाण्डौ । सुर्खेतमा जलन पीडितलाई लक्षित गर्दै निःशुल्क उपचार शिविर सञ्चालन हुने भएको छ। प्रदेश अस्पताल सुर्खेत र नबिल बैंक लिमिटेडको सहकार्यमा, फेक्ट नेपालको प्राविधिक सहयोगमा चैत्र २७ देखि २९ गतेसम्म ‘नबिल निःशुल्क जलन उपचार शिविर’ आयोजना गर्न लागिएको हो।

Bizshala
New Office
CG Motors

बैंकका अनुसार शिविरमा आर्थिक रूपमा कमजोर तथा दीर्घकालीन जलन समस्याबाट पीडित नागरिकलाई परामर्श, उपचार र आवश्यक शल्यक्रियासम्मका सेवा उपलब्ध गराइनेछ। करिब ५० जना बिरामीले प्रत्यक्ष लाभ लिने अपेक्षा गरिएको छ। गम्भीर प्रकृतिका बिरामीलाई थप उपचारका लागि काठमाडौँस्थित किर्तिपुर अस्पतालमा पठाई निःशुल्क उपचारको व्यवस्था मिलाइने पनि जनाइएको छ।

सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सञ्चालन हुन लागेको यो शिविर आगामी दिनमा लुम्बिनी प्रदेशका विभिन्न स्थानका साथै मधेश प्रदेशका जनकपुर र वीरगञ्जमा समेत विस्तार गर्ने योजना रहेको बैंकले जनाएको छ।

Garima Development Bank
Shivam Cement
IME remit

यसअघि फागुन १२ देखि १४ गतेसम्म धनगढीमा सम्पन्न पहिलो शिविरमार्फत ६५ जना जलन पीडितले सेवा लिएका थिए। तीमध्ये २० जनाको सेती प्रादेशिक अस्पतालमै शल्यक्रिया गरिएको थियो भने जटिल अवस्थाका १८ जनालाई काठमाडौंस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा रिफर गरिएको थियो।

शिविरमा जलनका कारण शरीरका अंग टाँसिने समस्या भएका, हातका औँला जोडिएका, जन्मजात ओठ तथा तालु चिरिएका, औँला बढी वा जोडिएका तथा विभिन्न चोटपटकबाट प्रभावित व्यक्तिहरूले समेत विशेषज्ञ परामर्श तथा उपचार सेवा पाउनेछन्।

नेपालमा जलन उपचारका लागि पर्याप्त विशेष केन्द्र नहुँदा पीडितहरूले समयमै उपचार नपाउने समस्या रहेको सन्दर्भमा यस्तो शिविरले उनीहरूको जीवनस्तर सुधारमा सहयोग पुग्ने विश्वास बैंकको छ। सामाजिक उत्तरदायित्वमार्फत समाजमा सकारात्मक प्रभाव पार्ने उद्देश्यका साथ बैंकले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.