मंगलवार, कार्तिक ३,२०८३ 06:57:32
  • मंगलवार, कार्तिक ३,२०८३ 06:57:32
Global IME Bank Limited

सिएनआई र उर्जा मन्त्रीबीच छलफल, निजी क्षेत्रलाई अन्तर्राष्ट्रिय व्यापारको अनुमति

Bizshala
सिएनआई र उर्जा मन्त्रीबीच छलफल, निजी क्षेत्रलाई अन्तर्राष्ट्रिय व्यापारको अनुमति
New Office

काठमाण्डौ । नेपाल उद्योग परिसंघ र उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठबीच छलफल भएको छ । परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे नेतृत्वको परिसंघ टोलीले सोमबार बधाई तथा शुभकामना दिदै उर्जा क्षेत्रको विकासका विषयमा छलफल गरेको हो ।  

सो अवसरमा अध्यक्ष पाण्डेले विद्युत खपत बढाउने नीति अवलम्बन गरिनुपर्नेमा जोड दिए । उनले उद्योगलाई आवश्यक ऊर्जा उत्पादन गरी ह्विलिङ्ग चार्ज लगाई प्रसारण गर्न दिने नीति कार्यान्वयन गर्न, निजी क्षेत्रलाई विद्युतको आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यापारको अनुमति दिने नीति लिन सुल्झाए ।  

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

नेपाल सरकारबाट स्वीकृती लिई सर्भे सम्पन्न गरिसकेका र विद्युत खरिद सम्झौता हुन बाँकी सबै परियोजनासँग तत्काल विद्युत खरिद सम्झौता (पीपीए) गर्न, विद्युतको आन्तरिक खपत बढाउने नीति लिन, जीवास्म इन्धन आधारित उद्योगलाई विद्युतमा आधारित उपकरणले विस्थापित गर्न सहुलियत दिने व्यवस्था गर्न आग्रह गरे । उनले वैकल्पिक उर्जा स्रोततर्फ पनि ध्यान दिइनुपर्नेमा समेत जोड दिए ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

सो अवसरमा मन्त्री श्रेष्ठले समग्र उर्जा क्षेत्रको विकासका लागि निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्न प्रतिबद्ध रहेको बताए । मन्त्री श्रेष्ठले विद्युतको निर्यातसँगै आन्तरिक खपत कसरी बढाउने भन्नेतर्फ पनि सरकारले गृहकार्य गरिरहेको बताए । 

उनले सरकारले जलाशय तथा नविकरणीय उर्जा, विद्युत खपत बढाउने रणनीतिलाई उच्च प्राथमिकतामा राखेको बताए । मन्त्री श्रेष्ठले उर्जा क्षेत्रले कुल गार्हस्थ उत्पादन (जीडीपी) मा कसरी योगदान बढाउन सकिन्छ भन्ने विषयमा निजी क्षेत्रको स्पष्ट सुझाव अपेक्षा गरेको बताए ।  

छलफलमा उपाध्यक्ष गोकुल भण्डारी, पदाधिकारी सदस्य विदुषी राणा, नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चका अध्यक्ष मनिष श्रेष्ठ, महानिर्देशक डा. घनश्याम ओझालगायत सहभागी थियो ।  

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.