काठमाण्डौ । सरकारले बीमा व्यवसायको नियमनमा व्यापक सुधार गर्नुपर्ने आवश्यक रहेको जनाएको छ ।
अर्थमन्त्रालयले आज देशको आर्थिक अवस्थाबारेको श्वेतपत्र सार्वजनिक गर्दै नेपाल बीमा प्राधिकरणको अवस्थामा सुधार गर्न आवश्यक रहेको उल्लेख गरेको छ ।
मन्त्रालयले बीमा सेवा दायरा फराकिलो हुँदै गएपनि सरकारको लगानीमा स्थापित बीमा कम्पनीहरु राष्ट्रिय बीमा कम्पनी, राष्ट्रिय जीवन बीमा कम्पनी र नेपाल पुनर्बीमा कम्पनीको संस्थागत क्षमतामा भने कमजोर रहेको उल्लेख गरेको छ ।
साथै सरकारले बीमा व्यवसायको नियमनमा व्यापक सुधार गरी एकातर्फ कृत्रिम बीमा दाबी र भुक्तानीको परिपाटि रोक्नुपर्ने र अर्कोतर्फ बीमा सेवाको दायरा विस्तार गरी जोखिम व्यवस्थापन र दीर्घकालिन पूँजी परिचालन गर्नुपर्ने उल्लेख गरेको छ ।

