सोमबार, बैशाख १४,२०८३ 08:24:25
Bizshala
  • सोमबार, बैशाख १४,२०८३ 08:24:25
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

११ सम्भावनामा टेकेर स्वर्णिमले देखेको ‘नयाँ अर्थतन्त्र’को सपना (सूचिसहित)

Bizshala
११ सम्भावनामा टेकेर स्वर्णिमले देखेको ‘नयाँ अर्थतन्त्र’को सपना (सूचिसहित)
Shivam Cement

काठमाण्डौ । मुलुकको आर्थिक रूपान्तरणका लागि सरकारले ११ वटा प्रमुख सम्भावना (अवसर) औंल्याउँदै अर्थतन्त्रलाई संरचनागत रूपमा परिवर्तन गर्ने आधार प्रस्तुत गरेको छ । अर्थतन्त्रले भोगिरहेका चुनौतीबीच पनि बहुआयामिक अवसरहरू प्रयोग गर्न सके नेपाललाई उच्च वृद्धि र दिगो विकासतर्फ लैजान सकिने सरकारको निष्कर्ष छ ।

सरकारले सबैभन्दा पहिला सुशासन र स्थिर नीतिगत वातावरण लाई आधार मानेको छ । लगानीमैत्री नीति र विश्वासिलो वातावरण निर्माण गर्न सके स्वदेशी तथा विदेशी पूँजी भित्र्याउँदै उत्पादन र रोजगारी विस्तार गर्न सकिने उल्लेख छ ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

ऊर्जा क्षेत्र अर्को प्रमुख सम्भावना हो । जलविद्युतको अधिकतम उपयोग, औद्योगिकीकरण र ऊर्जा निर्यातमार्फत रोजगारी सिर्जना गर्ने तथा क्षेत्रीय विद्युत व्यापार विस्तारबाट नेपाललाई हरित ऊर्जा बजारमा स्थापित गर्ने लक्ष्य राखिएको छ ।

पर्यटन क्षेत्रलाई उच्च मूल्यको आय स्रोतका रूपमा अघि सारिएको छ । हिमाली, सांस्कृतिक र सामुदायिक पर्यटनको एकीकृत विकासले ग्रामीण क्षेत्रमा रोजगारी र आय बढाउने, साथै अन्तर्राष्ट्रिय प्रतिस्पर्धा बलियो बनाउने अपेक्षा गरिएको छ ।

त्यसैगरी, डिजिटल प्रविधि, कृत्रिम बौद्धिकता र रोबोटिक्सलाई नयाँ आर्थिक इन्जिनका रूपमा प्रस्तुत गरिएको छ । सूचना प्रविधिमा आधारित सेवा, आउटसोर्सिङ र डिजिटल उद्यमशीलताबाट उच्च मूल्य अभिवृद्धि गर्दै युवालाई विश्व बजारसँग जोड्ने सम्भावना देखाइएको छ ।

कृषि क्षेत्रलाई आधुनिकीकरण र व्यावसायीकरणमार्फत उत्पादन, आय र निर्यात बढाउने आधारका रूपमा राखिएको छ । उच्च मूल्यका बाली, पशुपालन र कृषि प्रशोधन उद्योगले ग्रामीण अर्थतन्त्रलाई मजबुत बनाउने अपेक्षा गरिएको छ ।

CG Motors
Garima Development Bank
IME remit

औद्योगिक विकास र आपूर्ति श्रृंखला सुदृढीकरणमार्फत निर्यातमुखी उत्पादन विस्तार गर्ने योजना छ । विशेष आर्थिक क्षेत्र, औद्योगिक क्लस्टर र व्यापार सहजीकरणले लागत घटाएर प्रतिस्पर्धात्मकता बढाउने उल्लेख गरिएको छ ।

शहरीकरण र पूर्वाधार विकासलाई पनि रोजगारी र लगानी आकर्षणको प्रमुख साधन मानिएको छ । ऊर्जा, सडक, सिँचाइ र डिजिटल पूर्वाधार विस्तारसँगै सार्वजनिक–निजी साझेदारीमार्फत ठूला आयोजना अघि बढाउने अवसर देखाइएको छ ।

त्यस्तै, विप्रेषण (रेमिट्यान्स) लाई उत्पादनमूलक क्षेत्रमा रूपान्तरण गर्ने रणनीति पनि महत्वपूर्ण रूपमा प्रस्तुत गरिएको छ । वैदेशिक आम्दानीलाई उद्यमशीलता र लगानीमा मोड्न सके अर्थतन्त्रमा गुणात्मक परिवर्तन सम्भव हुने सरकारको विश्वास छ ।

वित्तीय क्षेत्र सुदृढीकरण मार्फत बचतलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गर्ने, वित्तीय समावेशीकरण र डिजिटल वित्तीय सेवाको विस्तार गर्ने योजना पनि समेटिएको छ ।

प्राकृतिक स्रोतको दिगो उपयोगलाई पनि अवसरका रूपमा हेर्दै खनिज, जल, जंगल र जडिबुटीको सदुपयोगबाट आय र रोजगारी बढाउने उल्लेख गरिएको छ ।

अन्ततः, यी सबै सम्भावनाको सफल कार्यान्वयनका लागि सुशासन र संस्थागत सुदृढीकरणलाई मुख्य आधार मानिएको छ । सार्वजनिक वित्त व्यवस्थापन सुधार र प्रभावकारी सेवा प्रवाह बिना आर्थिक रूपान्तरण सम्भव नहुने सरकारको निष्कर्ष छ ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X