काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडको वितरणयोग्य मुनाफा १३ अर्ब ६५ करोड रुपैयाँले ऋणात्मक बनेको छ । बैंकले सार्वजनिक गरेको चालु आवको वित्तीय विवरणमा यस्तो देखिएको हो ।
अघिल्लो आवको सोही अवधिसम्म पनि बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ५६ करोडले ऋणात्मक थियो ।
यस्तै बैंकको खुद नाफा समेत घटेको छ । अघिल्लो आवमा १५ करोड ६७ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको बैंकले समीक्षा अवधिसम्म भने १४ करोड ३ लाख रुपैयाँबराबरको खुद नाफा कमाएको छ ।
खुद ब्याज आम्दानी समेत २०.७७ प्रतिशतले घटेर ६ अर्ब ३० करोड रुपैयाँमा सीमित बनेको छ । यस्तै बैंकको खुद सञ्चालन आम्दानी पनि ६ अर्ब १४ करोडबाट घटेर ४ अर्ब ७६ करोड र सञ्चालन मुनाफा १ अर्ब २९ करोडबाट घटेर ६७ करोड २९ लाखमा सीमित बनेको छ ।
निक्षेप संकलन बढाएको बैंकको कर्जा प्रवाह भने घटेको छ । निक्षेप संकलन ३ खर्ब १९ करोडबाट बढेर ३ खर्ब ३४ अर्ब पुगेको छ । कर्जा प्रवाह भने २ खर्ब १८ अर्बबाट घटेर २ खर्ब १ अर्बमा सीमित बनेको छ ।
बैंकको खराब कर्जा अनुपात ५.७५ प्रतिशतबाट बढेर ८.८५ प्रतिशत पुगेको छ ।
समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी(ईपीएस) १.२७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १७२.९७ रुपैयाँ, मूल्य आम्दानी अनुपात २९२.०४ गुणा र तरलता अनुपात ४३.९१ प्रतिशत कायम भएको छ ।

