काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आरटीजीएस प्रणालीको सञ्चालन समय समायोजन गरको छ । केन्द्रीय बैंकको भुक्तानी प्रणाली विभागले एक सूचना जारी गर्दै आरटीजीएस प्रणालीमा सहभागी सम्पूर्ण संस्थाहरुलाई आरटीजीएस प्रणालीको सञ्चालन समय समायोजन गरिएको जानकारी दिएको हो ।
नेपाल सरकारबाट परिमार्जित कार्यालय समयअनुसार समय परिमार्ज गरिएको विभागले जनाएको छ ।
जसअनुसार आरटीजीएस प्रणाली सोमबारदेखि शुक्रबारसम्म बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म तथा कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालन हुनेछ ।
यस्तै प्रत्येक आइतबारको दिन भुक्तानी सेवा सञ्चालकको कारोबारहरुका सेटलमेन्ट गर्ने प्रयोजनका लागि बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्म प्रणाली सञ्चालन हुनेछ ।

