बिहीबार, श्रावण १४,२०८३ 01:23:10
Bizshala
  • बिहीबार, श्रावण १४,२०८३ 01:23:10
Bizshala
Global IME Bank Limited

एनआईसी एशिया बैंकद्वारा साधारण सभा आह्वान, हकप्रद निष्कासन मुख्य प्रस्ताव

एनआईसी एशिया बैंकद्वारा साधारण सभा आह्वान, हकप्रद निष्कासन मुख्य प्रस्ताव
New Office

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । वैशाख २० गते बसेको बैंकको सञ्चालक समितिको बैठकले बैंकको २८ औं वार्षिक साधारण सभा आह्वान गरेको हो ।

उक्त सभा आगामी जेठ १८ गते काठमाण्डौको भद्रकालीमा रहेको आर्मी अफिसर्स क्लबमा बिहान ९ बजेदेखि सुरु हुनेछ ।

सभामा २ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

यस्तै गत आवको वार्षिक प्रतिवेदन तथा उक्त अवधिको सम्पूर्ण वित्तीय विवरणहरु समेत पारित गरिनेछ ।

बैंकले साधारण सभा प्रयोजनका लागि आगामी जेठ ६ गतेदेखि १८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ जेठ ५ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै बैंकको उक्त सभामा सहभागी हुनका लागि योग्य ठहरिनेछन् । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.