सोमबार, श्रावण १८,२०८३ 06:43:41
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 06:43:41
Bizshala
Global IME Bank Limited

बीपी राजमार्गको खुर्कोट–भकुण्डेबेँसी सडकखण्डमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमनमा स्थानीय प्रशासनले लगायो रोक

बीपी राजमार्गको खुर्कोट–भकुण्डेबेँसी सडकखण्डमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमनमा स्थानीय प्रशासनले लगायो रोक
New Office

काठमाण्डौं । काभ्रे जिल्ला प्रशासन कार्यालयले बीपी राजमार्गअन्तर्गत खुर्कोट–भकुण्डेबेँसी सडकखण्डमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालन निषेध गर्ने निर्णय गरेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निर्देशनपछि काभ्रे र सिन्धुलीका प्रमुख जिल्ला अधिकारीहरूबीच भएको समन्वयात्मक छलफलको आधारमा जिल्ला सुरक्षा समितिको बैठकले उक्त निर्णय गरेको काभ्रेका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिए।

जारी सूचनाअनुसार २०८३ वैशाख २२ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्म सो सडकखण्डमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारी साधन पूर्ण रूपमा सञ्चालनमा रोक लगाइनेछ।

त्यसैगरी, तोकिएको समय बाहेक पनि वर्षा, मौसमको अवस्था तथा रोशीखोलामा आउन सक्ने बाढीको जोखिमलाई ध्यानमा राख्दै आवश्यक परे जुनसुकै समयमा छोटो अवधिका लागि सडक आवागमन रोक्न सकिने व्यवस्था गरिएको छ।

निर्माणाधीन बीपी राजमार्गको करिब २८ किलोमिटर भाग रोशीखोलासँग जोडिएको छ। २०८१ असोज १० देखि १२ सम्मको अविरल वर्षापछि आएको बाढीले उक्त राजमार्गमा ठूलो क्षति पुर्‍याएको थियो।  

 

हाल अस्थायी डाइभर्सनमार्फत यातायात सञ्चालन भइरहेको छ भने स्थायी पुनर्निर्माण कार्य जारी छ।

सानो वर्षामा समेत रोशीखोलामा बाढी आउने र सडक अवरुद्ध हुने समस्या दोहोरिँदै आएको छ।

यसअघि सोमबार रोशी गाउँपालिका–७, घुमाउने चारसयबेंसी क्षेत्रमा आएको बाढीका कारण पाँचवटा सवारी साधन फसेका थिए।  

रातिको समयमा उद्धार कार्य कठिन हुने र करिब ८९ यात्रुको जीवन जोखिममा पर्न सक्ने अवस्था देखिएपछि सुरक्षा समितिले यस्तो निर्णय गरेको सूचनामा उल्लेख गरिएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.