काठमाडौं जोड्ने प्रमुख सडकहरू खुले, केही खण्डमा एकतर्फी मात्र सवारी सञ्चालन
TRENDING
काठमाण्डौ । लगातारको वर्षाका कारण काठमाडौं उपत्यकालाई देशका विभिन्न भागसँग जोड्ने प्रमुख सडक मार्गहरू अवरुद्ध भएका छन्। पृथ्वी राजमार्ग, बीपी राजमार्ग र कान्तिलोकपथमा ठाउँठाउँमा पहिरो खसेपछि सवारी आवागमन रोकिएको छ।वर्षा जारी रहेकाले सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूले जोखिमलाई मध्यनजर गर्दै ती राजमार्गमा सवारी सञ्चालनमा रोक लगाएका छन्।काठमाडौंका लागि...
काठमाण्डौ । गत वर्षको विनाशकारी बाढीले क्षतविक्षत बनाएको बीपी राजमार्गमा आगामी मनसुनअघि नै सवारी आवागमनलाई सहज बनाउने तयारी तीव्र पारिएको छ। सडक विभागले अस्थायी डाइभर्सनमा निर्भरता घटाउँदै खोलाको सतहभन्दा माथि निर्माण भइरहेको नयाँ ट्र्याकमार्फत सवारी सञ्चालन गर्ने योजना अघि बढाएको छ।
काठमाण्डौ । गत असोजको बाढीले क्षति पुर्याएको बीपी राजमार्गको भकुण्डेबेँसी–नेपालथोक खण्ड पुनर्निर्माण तीव्र गतिमा अघि बढाइएको छ। सडक डिभिजन भक्तपुरले अस्थायी डाइभर्सनको सट्टा निर्माणाधीन मुख्य सडक संरचनाबाटै यातायात सञ्चालन गर्ने तयारी गरेको छ।
काठमाण्डौ । मनसुन सक्रिय भएसँगै विपद् जोखिम बढ्न थालेपछि बीपी राजमार्गमा सवारी आवागमन अस्थायी रूपमा रोकिएको छ।काभ्रेको रोशी खोलामा पानीको बहाव तीव्र बनेसँगै यात्रु तथा सवारीसाधनको सुरक्षालाई प्राथमिकतामा राख्दै प्रशासनले राजमार्ग बन्द गर्ने निर्णय गरेको हो।
काठमाण्डौं । बीपी राजमार्गमा सवारी सञ्चालन समय पुनः समायोजन गरिएको छ। जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकअन्तर्गतको जिल्ला सुरक्षा समितिको शुक्रबार बसेको बैठकले मौसमी अवस्था र सम्भावित प्राकृतिक जोखिमलाई ध्यानमा राख्दै यातायात सञ्चालन समय संशोधन गर्ने निर्णय गरेको हो।
काठमाण्डौं । बीपी राजमार्गको बाढीपहिरोले तहसनहस बनाएको पिप्ले–बर्खेखोला सडकखण्ड पुनर्निर्माणको काम औपचारिक रूपमा शुरु भएको छ ।लामो समयदेखि जोखिमपूर्ण बनेको यो सडक खण्डलाई पुनः सुरक्षित, दिगो र व्यवस्थित बनाउन जापानको सहयोगमा पुनर्निर्माण अभियान अघि बढाइएको हो ।
काठमाण्डौं । बीपी राजमार्गको पुनर्निर्माणअन्तर्गत सबैभन्दा जटिल मानिएको चारसयबेँसी खण्डको नयाँ सडक ट्रयाक आगामी १० दिनभित्र सञ्चालनमा ल्याउने तयारी गरिएको छ । निर्माणाधीन खण्डमा तीव्र गतिमा काम भइरहेको र निर्धारित समयसीमाभित्र मुख्य मार्ग खुलाउने लक्ष्यका साथ काम अगाडि बढाइएको सरोकारवालाले बताएका छन् ।
काठमाण्डौं । लगातारको अविरल वर्षासँगै देशका विभिन्न भू-भागमा आएको बाढी र पहिरोका कारण प्रमुख राजमार्ग तथा ग्रामीण सडक सञ्जालमा यातायात सेवा प्रभावित बनेको छ ।प्रहरीले आज बिहान सार्वजनिक गरेको विवरणअनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका दर्जनौँ सडक खण्डहरूमा आंशिक अवरोध देखिएको छ भने केही स्थानमा पूर्ण रूपमा सवारी आवागमन बन्द गरिएको छ ।
काठमाण्डौं । सम्भावित बाढी, पहिरो तथा सडक निर्माण कार्यका कारण काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बीपी राजमार्ग र हुम्लाको हिल्सा–सिमकोट सडक खण्डमा सवारी आवागमन अस्थायी रूपमा बन्द गरिएको छ । प्रहरी प्रधान कार्यालयले यात्रुको सुरक्षालाई ध्यानमा राख्दै दुवै सडकखण्डमा निश्चित समयका लागि यातायात सञ्चालन रोकिएको जनाएको हो ।
काठमाण्डौं । बीपी राजमार्ग आज फेरि अस्थिर अवस्थामै पुगेको छ । बिहान केही घण्टा मात्र खुलेर दिउँसोदेखि पुनः बन्द भएको छ। रोशी खोलाको जलाधार क्षेत्रमा वर्षा फेरि शुरु भएसँगै पानीको सतह बढ्ने जोखिम देखिएपछि जिल्ला प्रहरी कार्यालय काभ्रेले सवारी आवागमन रोक्ने निर्णय गरेको हो।
काठमाण्डौं । सुरक्षा निकायले बीपी राजमार्गमा यात्रुहरूलाई सडकको अवस्था बुझेर मात्र दिउँसो यात्रा गर्न र जोखिमपूर्ण अवस्थामा यात्रा नगर्न आग्रह गरेको छ।बीपी राजमार्गको काभ्रेअन्तर्गत रोशी क्षेत्रमा बारम्बार सडक अवरुद्ध हुन थालेपछि जिल्ला सुरक्षा समितिले रातिको सवारी आवागमनमा पूर्ण प्रतिबन्ध लगाएको थियो ।
काठमाण्डौं । काभ्रे जिल्ला प्रशासन कार्यालयले बीपी राजमार्गअन्तर्गत खुर्कोट–भकुण्डेबेँसी सडकखण्डमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालन निषेध गर्ने निर्णय गरेको छ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निर्देशनपछि काभ्रे र सिन्धुलीका प्रमुख जिल्ला अधिकारीहरूबीच भएको समन्वयात्मक छलफलको आधारमा जिल्ला सुरक्षा समितिको बैठकले उक्त निर्णय...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.