बुधबार, असार २४,२०८३ 06:08:53
Bizshala
  • बुधबार, असार २४,२०८३ 06:08:54
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

रोशी खोलामा बाढी आएपछि बीपी राजमार्ग अवरुद्द, सवारी धुलिखेल र खुर्कोटमा रोकिए

Laxmi Sunrise Bank Limited
रोशी खोलामा बाढी आएपछि बीपी राजमार्ग अवरुद्द, सवारी धुलिखेल र खुर्कोटमा रोकिए

काठमाण्डौ । मनसुन सक्रिय भएसँगै विपद् जोखिम बढ्न थालेपछि बीपी राजमार्गमा सवारी आवागमन अस्थायी रूपमा रोकिएको छ।

काभ्रेको रोशी खोलामा पानीको बहाव तीव्र बनेसँगै यात्रु तथा सवारीसाधनको सुरक्षालाई प्राथमिकतामा राख्दै प्रशासनले राजमार्ग बन्द गर्ने निर्णय गरेको हो।

New Office
CG Motors
Garima Development Bank

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार मंगलबार बनेपा, पनौती, धुलिखेल, नमोबुद्ध र रोशी क्षेत्रको माथिल्लो भेगमा निरन्तर तथा भारी वर्षा भएको छ।  

वर्षासँगै रोशी खोलाको जलसतह उल्लेख्य रूपमा बढेको छ भने आसपासका क्षेत्रमा बाढी र पहिरोको जोखिम पनि उच्च बनेको छ।

यही जोखिमलाई मध्यनजर गर्दै प्रशासनले सम्भावित दुर्घटना हुनुअघि नै सतर्कता अपनाएको जनाएको छ।

विशेषगरी बीपी राजमार्गको रोशी खण्डमा पानीको बहाव बढ्दै जाँदा यात्रु र सवारीसाधन जोखिममा पर्न सक्ने भएकाले सम्पूर्ण प्रकारका सवारी साधनको आवागमन तत्कालका लागि रोकिएको हो।

यसैबीच रोशी गाउँपालिका–स्थित चारसयबेशी क्षेत्रमा पहिरो खसेपछि सडक थप जोखिमपूर्ण बनेको छ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

प्रहरीका अनुसार पानीको बहाव सामान्य अवस्थामा फर्किएपछि र पहिरो हटाउने काम सम्पन्न भएपछि मात्र राजमार्ग पुनः सञ्चालनमा ल्याइनेछ।

सवारी व्यवस्थापनका लागि बीपी राजमार्ग हुँदै यात्रा गर्ने सवारीहरूलाई धुलिखेल, खुर्कोट र नेपालथोक क्षेत्रमा रोकिएको छ।  

काभ्रे र सिन्धुली जिल्लाका सुरक्षा निकायबीच समन्वय गरी यात्रुहरूको सुरक्षा सुनिश्चित गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

मनसुनको सुरुआतमै प्रमुख राजमार्ग प्रभावित हुन थालेपछि सडक पूर्वाधारको संवेदनशीलता र विपद् व्यवस्थापनको तयारीबारे पुनः बहस शुरु भएको छ।  

मौसम प्रतिकूल भइरहेका बेला यात्रा अघि सडकको अवस्था बुझ्न, सुरक्षा निकायका सूचनाहरू पालना गर्न तथा अनावश्यक जोखिम नलिन प्रशासनले सर्वसाधारणलाई आग्रह गरेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X