मंगलवार, बैशाख २२,२०८३ 09:47:18
Bizshala
  • मंगलवार, बैशाख २२,२०८३ 09:47:18
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सीमामा ‘लाइन’ होइन, अब ‘क्यूआर’: नेपाल प्रवेश गर्ने पर्यटक सवारीका लागि पूर्ण डिजिटल युग सुरु

Bizshala
सीमामा ‘लाइन’ होइन, अब ‘क्यूआर’: नेपाल प्रवेश गर्ने पर्यटक सवारीका लागि पूर्ण डिजिटल युग सुरु
Shivam Cement

काठमाण्डौ । स्थलमार्ग हुँदै नेपाल प्रवेश गर्ने विदेशी पर्यटकवाहक सवारी साधनका लागि अब अनलाइन दर्ता र राजश्व भुक्तानी सेवा सुरु भएको छ। अर्थ मन्त्रालय अन्तर्गतको भन्सार विभागले अस्थायी सवारी आयात (TIV) सम्बन्धी अनलाइन प्रणाली सञ्चालनमा ल्याएको हो।

उक्त प्रणालीको शुभारम्भ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले एक कार्यक्रमबीच गरेका हुन्। नयाँ प्रणाली लागू भएसँगै अब भारतबाट नेपाल आउने तथा भारत हुँदै नेपाल प्रवेश गर्ने तेस्रो मुलुकका पर्यटकले आफ्नो सवारी सम्बन्धी विवरण अनलाइनमार्फत भर्न र राजश्व तिर्न सक्नेछन्।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

यसअघि विदेशी सवारीसाधनले नेपाल प्रवेश गर्दा भन्सार नाकामै पुगेर अस्थायी अनुमति लिनुपर्ने व्यवस्था थियो। साथै, यात्रा अवधि सकिएपछि नवीकरणका लागि पुनः नाकामै पुग्नुपर्ने वा जरिवाना तिर्नुपर्ने अवस्था थियो।

भन्सार विभागका अनुसार नयाँ प्रणालीमार्फत पर्यटकले घरमै बसेर अनलाइन फाराम भर्न, राजश्व तिर्न र क्यूआर कोड प्राप्त गर्न सक्नेछन्। सो क्यूआर कोड देखाएर सवारीसाधनले भन्सार प्रक्रिया पूरा गरी नेपाल प्रवेश गर्न सक्ने व्यवस्था गरिएको छ।

शुभारम्भ कार्यक्रममा अर्थमन्त्री वाग्लेले सीमाक्षेत्रमा पर्यटकले भोग्ने झन्झट कम गर्न तथा सेवा प्रवाहलाई छरितो र पारदर्शी बनाउन यो प्रणाली लागू गरिएको बताए। “सरकारी सेवा छिटो, सहज र गुणस्तरीय बनाउने लक्ष्यअनुसार यो प्रणाली ल्याइएको हो,” उनले भने।

भन्सार विभागका महानिर्देशक श्याम प्रसाद मैनालीका अनुसार अब विदेशी सवारीसाधनको विवरण स्वयं घोषणा (self-declaration) मार्फत अनलाइनमा प्रविष्ट गर्न सकिनेछ, जसले प्रक्रिया थप पारदर्शी र प्रभावकारी बनाउनेछ।

विभागका अनुसार राजश्व भुक्तानी अनलाइन वा बैंक काउन्टरमार्फत गर्न सकिनेछ। अनलाइन भुक्तानी गरेपछि प्राप्त क्यूआर कोडका आधारमा सवारीसाधन नेपाल प्रवेश गर्न र देशभर यात्रा गर्न सक्नेछन्।

CG Motors
Garima Development Bank
IME remit

यात्रा अवधि सकिएको अवस्थामा पनि पर्यटकले आफू रहेको स्थानबाटै अनलाइनमार्फत अवधि थप गर्न सक्ने व्यवस्था गरिएको विभागले जनाएको छ।

यो सेवा प्रयोग गर्न भन्सार विभागको वेबसाइटमा गई “हाम्रा सेवाहरू” अन्तर्गतको TIV मोड्युलमार्फत विवरण भर्न सकिनेछ।

हालका लागि यो प्रणाली भारत तथा बंगलादेशबाट स्थलमार्ग हुँदै आउने पर्यटकवाहक सवारीसाधनमा लागू गरिएको छ। चीनतर्फका नाकाबाट सवारी प्रवेशको अवस्था विकसित भएमा सो क्षेत्रमा पनि यो प्रणाली लागू गरिने भन्सार विभागले जनाएको छ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.