मंगलवार, बैशाख २२,२०८३ 09:47:25
Bizshala
  • मंगलवार, बैशाख २२,२०८३ 09:47:25
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

वीरगञ्जमा ‘आशाको शल्यक्रिया’: निःशुल्क जलन शिविरबाट १५० लाभान्वित, ४६ जनाको सफल अपरेशन

Bizshala
वीरगञ्जमा ‘आशाको शल्यक्रिया’: निःशुल्क जलन शिविरबाट १५० लाभान्वित, ४६ जनाको सफल अपरेशन
Shivam Cement

वीरगञ्ज। मधेश प्रदेशका जलन पीडितका लागि राहत र पुनर्स्थापनाको आशा बोकेको निःशुल्क स्वास्थ्य अभियानअन्तर्गत वीरगञ्जस्थित नारायणी अस्पतालमा सञ्चालन गरिएको ‘नबिल निःशुल्क जलन उपचार शिविर’बाट १५० जनाले प्रत्यक्ष लाभ लिएका छन्। चार दिनसम्म चलेको शिविरमा ४६ जना बिरामीको विशेषज्ञ टोलीद्वारा शल्यक्रिया गरिएको छ।

नारायणी अस्पताल र नबिल बैंक लिमिटेडको संयुक्त आयोजना तथा फेक्ट नेपालको प्राविधिक सहयोगमा वैशाख १७ देखि २० गतेसम्म सञ्चालन भएको उक्त शिविरले विशेष गरी दुर्गम क्षेत्रका जलन पीडितलाई लक्षित गरेको थियो।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

शिविरमा उपचार गरिएका बिरामीमध्ये जटिल अवस्थाका ६ जनालाई थप उपचारका लागि कीर्तिपुरस्थित विशेष अस्पतालमा रिफर गरिएको छ। बाँकी बिरामीको शल्यक्रिया तथा परामर्श स्थलमै सम्पन्न गरिएको आयोजकले जनाएको छ।

शिविर सञ्चालनअघि मधेश प्रदेशका ६ जिल्लाका २७ स्थानीय तहमा पूर्व-स्क्रिनिङ्ग क्याम्प सञ्चालन गरिएको थियो। उक्त अभियानमा स्वास्थ्यकर्मीहरूले स्थानीय स्तरमै पुगेर बिरामीको प्रारम्भिक पहिचान गरेका थिए, जसले वास्तविक पीडितसम्म सेवा पुर्‍याउन सहयोग गरेको जनाइएको छ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले नेपालमा अझै पनि जलन पीडितले सहज र गुणस्तरीय उपचार नपाइरहेको यथार्थतर्फ संकेत गर्दै भने,“हामीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत दुर्गम क्षेत्रमा रहेका जलन पीडितलाई लक्षित गरी यो पहल गरेका हौँ।”

उनका अनुसार यस्ता शिविरहरूले स्वास्थ्य पहुँच विस्तार मात्र होइन, जीवनस्तर सुधारमा पनि योगदान पुर्‍याउँछन्।

CG Motors
Garima Development Bank
IME remit

कीर्तिपुर अस्पतालका वरिष्ठ प्लास्टिक सर्जन डा. शंकरमान राईसहितको विशेषज्ञ टोलीले शिविरमा शल्यक्रिया सेवा प्रदान गरेको थियो।

डा. राईका अनुसार: “हामी दुई उद्देश्य लिएर आएका थियौँ:निःशुल्क उपचार र स्थानीय अस्पतालको क्षमता अभिवृद्धि। अपेक्षाभन्दा बढी प्रभावकारी सेवा दिन सकेको अनुभव भएको छ।”

उनले भविष्यमा यस्ता उपचार नारायणी अस्पतालमै नियमित रूपमा उपलब्ध गराउने लक्ष्यसमेत व्यक्त गरे।

नारायणी अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. चितरन्जन शाहले वर्षौंदेखि जलनका कारण अपाङ्गता झेलिरहेका बिरामीहरू उपचारपछि सामान्य जीवनमा फर्कन थालेको बताए।

“यो शिविरले धेरै बिरामीको व्यक्तिगत र सामाजिक जीवनमा सकारात्मक परिवर्तन ल्याउने विश्वास लिएको छु,” उनले भने।

नबिल बैंकले यसअघि सुदूरपश्चिम र कर्णाली प्रदेशमा पनि यस्ता शिविर सञ्चालन गरिसकेको छ। धनगढीमा आयोजित पहिलो शिविरबाट ६५ जना र कर्णालीमा १९४ जना लाभान्वित भएका थिए।

बैंकका अनुसार आगामी वैशाख २५ देखि २८ गतेसम्म लुम्बिनी प्रदेशमा पनि यस्तै शिविर सञ्चालन गर्ने तयारी गरिएको छ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.