मंगलवार, आश्विन १३,२०८३ 09:48:25
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 09:48:25
Bizshala
Global IME Bank Limited

२५औँ वार्षिकोत्सवमा नेपाल लाइफको सामाजिक प्रतिबद्धता: ६०१ जनालाई निःशुल्क स्वास्थ्य सेवा, देशभर ५०५ पिन्ट रगत संकलन

Bizshala
२५औँ वार्षिकोत्सवमा नेपाल लाइफको सामाजिक प्रतिबद्धता: ६०१ जनालाई निःशुल्क स्वास्थ्य सेवा, देशभर ५०५ पिन्ट रगत संकलन
New Office

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २५औँ वार्षिकोत्सवको अवसरमा निःशुल्क स्वास्थ्य शिविर तथा देशव्यापी रक्तदान कार्यक्रम सञ्चालन गरी सामाजिक उत्तरदायित्वलाई थप सुदृढ बनाएको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

कम्पनीले वैशाख २१ र २२ गते आफ्नो प्रधान कार्यालय परिसरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको थियो। उक्त शिविरमा RB Diagnosticमार्फत स्वास्थ्य परीक्षण सेवा प्रदान गरिएको थियो। शिविरमा इसिजी, थाइराइड, सुगर, रक्तचाप, एसजीपीटी, कोलेस्ट्रोल, युरिक एसिडलगायतका परीक्षण निःशुल्क गरिएको थियो भने विशेषज्ञ चिकित्सकबाट परामर्श सेवा समेत उपलब्ध गराइएको थियो। दुई दिनको शिविरबाट कुल ६०१ जनाले प्रत्यक्ष लाभ लिएको कम्पनीले जनाएको छ।

यसै अवसरमा कम्पनीले देशभरका सातै प्रदेशका १३ स्थानमा एकसाथ बृहत्तर रक्तदान कार्यक्रम पनि सम्पन्न गरेको छ। कार्यक्रमअन्तर्गत कोशी प्रदेशको इटहरीमा ३०, मधेश प्रदेशको वीरगञ्जमा २५ र जनकपुरमा २५, बागमती प्रदेशको काठमाडौंमा ७८, नारायणगढमा ८१, नुवाकोटमा ३९, हेटौंडामा २६, बनेपामा ३२, गण्डकी प्रदेशको पोखरामा ५५, लुम्बिनी प्रदेशको बुटवलमा ३३ र भैरहवामा ३४, कर्णाली प्रदेशको सुर्खेतमा २५ तथा सुदूरपश्चिम प्रदेशको धनगढीमा ३३ पिन्ट गरी कुल ५०५ पिन्ट रगत संकलन गरिएको छ।

“किनकि, जीवन अमूल्य छ” भन्ने नारालाई आत्मसात गर्दै कम्पनीले नेपाली नागरिकको भविष्य सुरक्षित र सुनिश्चित बनाउने उद्देश्यसहित यस्ता सामाजिक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले वार्षिकोत्सवको अवसरमा कम्पनीलाई निरन्तर सहयोग गर्ने अध्यक्ष तथा सञ्चालक समिति, शेयरधनी, ग्राहक, अभिकर्ता, कर्मचारी, नियामक निकाय तथा सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गरेका छन्। साथै उनले आगामी दिनमा पनि विश्वास र सहकार्य निरन्तर रहने अपेक्षा व्यक्त गरे।

नेपाल लाइफ इन्स्योरेन्स देशकै अग्रणी जीवन बीमा कम्पनीमध्ये एक हो। करिब ३० प्रतिशत बजार हिस्सा ओगटेको कम्पनीले २५ वर्षको अवधिमा करिब ५४ लाख नेपाली परिवारको विश्वास जित्दै आएको छ। कम्पनीको सेवा सञ्जाल देशभरका ७७ वटै जिल्लामा फैलिएको छ भने ६९ हजारभन्दा बढी अभिकर्तामार्फत सेवा प्रदान हुँदै आएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.