सोमबार, कार्तिक ९,२०८३ 07:13:07
  • सोमबार, कार्तिक ९,२०८३ 07:13:07
Global IME Bank Limited

ट्रेड युनियनमा सरकारको कडाइ: कार्यालय बन्द गर्न निर्देशन

Bizshala
ट्रेड युनियनमा सरकारको कडाइ: कार्यालय बन्द गर्न निर्देशन
New Office

काठमाण्डौं । सरकारले कर्मचारी प्रशासनमा कडाइ गर्दै ट्रेड युनियनसम्बन्धी व्यवस्थामा महत्वपूर्ण परिवर्तन गरेको छ ।  

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार सबै मन्त्रालय, विभाग, आयोग, सचिवालय तथा सम्बन्धित निकायलाई परिपत्र जारी गर्दै ट्रेड युनियनका कार्यालय बन्द गर्न निर्देशन दिएको हो ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

मन्त्रालयअन्तर्गत प्रशासन सुधार तथा व्यवस्थापन परीक्षण शाखाका शाखा अधिकृत विवेक विडारीले पठाएको पत्रमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८३ लागू भएसँगै निजामती सेवा ऐन, २०४९ को दफा ५३ खारेज भएको उल्लेख गरिएको छ ।  

उक्त दफाले कर्मचारी ट्रेड युनियनसम्बन्धी प्रावधान समेटेको थियो ।

परिपत्रमा ट्रेड युनियनका नाममा प्रयोग हुँदै आएका कार्यालय, कार्यकक्ष, सवारी साधन तथा अन्य सरकारी स्रोत–सुविधा तुरुन्त फिर्ता लिन पनि भनिएको छ ।

Garima Development Bank
Bizshala
IME remit

साथै, युनियन गतिविधिमा संलग्न कर्मचारीलाई अब आफ्नो आधिकारिक दरबन्दीअनुसारको जिम्मेवारीमा फर्काएर काममा खटाउनुपर्ने स्पष्ट निर्देशन दिइएको छ ।

मन्त्रालयले सचिवस्तरीय निर्णय (२०८३ वैशाख २२) अनुसार सबै निकायलाई युनियनसँग आबद्ध कर्मचारीलाई नियमित कार्य जिम्मेवारीमा ल्याउने व्यवस्था मिलाउन आग्रह गरेको छ ।  

यस कदमलाई कर्मचारी व्यवस्थापनमा अनुशासन र कार्यसम्पादन सुधारतर्फको प्रयासका रूपमा हेरिएको छ

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.