शनिबार, बैशाख २६,२०८३ 10:56:40
Bizshala
  • शनिबार, बैशाख २६,२०८३ 10:56:40
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

काठमाडौँ उपत्यकाका सुकुम्बासीको डिजिटल तथ्याङ्क सङ्कलन गरिने, सुकुम्बासीको विवरण तीन वर्गमा विभाजन

Bizshala
काठमाडौँ उपत्यकाका सुकुम्बासीको डिजिटल तथ्याङ्क सङ्कलन गरिने, सुकुम्बासीको विवरण तीन वर्गमा विभाजन
Shivam Cement

काठमाण्डौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले काठमाडौँ उपत्यकामा बसोबास गर्ने भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बस्तीका नागरिकहरूको डिजिटल तथ्याङ्क सङ्कलन गर्ने तयारी अघि बढाएको छ ।  

सरकारले यसलाई सार्वजनिक सेवा वितरणलाई लक्षित समूहसम्म प्रभावकारी बनाउन र प्रशासनिक सुधारलाई सुदृढ गर्ने रणनीतिक कदमका रूपमा व्याख्या गरेको छ ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान सल्लाहकार दीपा दाहालका अनुसार कार्यक्रम अन्तिम चरणमा पुगेको छ ।  

प्रारम्भिक चरणमा काठमाडौँ उपत्यकाका होल्डिङ सेन्टरमा रहेका तथा बाहिर बसोबास गर्ने व्यक्तिहरूको विवरण सङ्कलन गरिनेछ भने पछि यो अभियानलाई देशभर विस्तार गर्ने योजना रहेको छ ।

सरकारले सहभागीहरूलाई परिचयपत्रका आधारमा तीन समूहमा विभाजन गर्ने भएको छ— राष्ट्रिय परिचयपत्र भएका, नागरिकता मात्र भएका र कुनै पनि आधिकारिक कागजात नभएका व्यक्ति ।  

परिचयपत्र नभएकाहरूका लागि होल्डिङ सेन्टरमै राष्ट्रिय परिचयपत्र जारी गर्ने व्यवस्था मिलाइनेछ भने बाहिर रहेका व्यक्तिहरूलाई आवश्यक कागजातसहित सम्पर्कमा आउन सार्वजनिक सूचना जारी गरिनेछ ।

सङ्कलन गरिने डिजिटल डेटामा व्यक्तिको सामाजिक–आर्थिक अवस्था, आयस्रोत, शिक्षा, सीप र स्वास्थ्य विवरण समेत समावेश हुनेछ । 

CG Motors
Garima Development Bank
IME remit

बायोमेट्रिक तथा फोटोसहितको तथ्याङ्कलाई अन्य सरकारी प्रणालीसँग क्रस–भेरिफिकेसन गरी प्रमाणीकरण गर्ने योजना छ ।

लगत सङ्कलनपछि प्रत्येक परिवारलाई डिजिटल परिचयपत्र प्रदान गरिनेछ ।  

बैंक खाता नभएका व्यक्तिहरूका लागि खाता खोलिने र भविष्यमा दिइने राहत, अनुदान तथा पुनःस्थापना सहायता सोही खातामार्फत वितरण गरिने सरकारको तयारी छ ।

यस कार्यक्रमबाट प्राप्त तथ्याङ्कका आधारमा प्रत्येक परिवारको सीप र आवश्यकता पहिचान गरी उनीहरूलाई रोजगारी, उद्यमशीलता तथा सामाजिक सुरक्षा कार्यक्रमसँग जोड्ने लक्ष्य राखिएको छ ।  

यो योजना सरकारको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूचीको बुँदा नम्बर ९१ अन्तर्गत रहेको बताइएको छ ।

तर, विज्ञ र सरोकारवालाहरूले भने यस्तो ठूलो मात्रामा व्यक्तिगत डेटा सङ्कलन गर्दा गोपनीयता, डेटा सुरक्षा र यसको दुरुपयोग रोक्ने स्पष्ट कानूनी संरचना आवश्यक हुने टिप्पणी गरेका छन् ।  

उनीहरूको भनाइमा, प्रणाली प्रभावकारी भएपनि यसले नियन्त्रणभन्दा बढी संरक्षण र पारदर्शितामा जोड दिनुपर्ने आवश्यकता देखिन्छ ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X