आशंकामा छिचोलियो रसुवागढी हाइड्रोको सुरुङ, अन्तिम बिन्दुसम्म पुग्दा कोही भेटिएनन्
काठमाण्डौ । रसुवागढी जलविद्युत् आयोजना (RHPL) को सुरुङभित्र मानिस फसेको आशंकामा गरिएको खोजीका क्रममा कोही पनि फेला नपरेपछि सैनिक नेतृत्वको उद्धार टोली फर्किएको छ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार नेपाली सेनाको टोली इन्जिनियर र ड्रोनसहित सुरुङको भित्री भागमा प्रवेश गरेको थियो। सुरुङको अन्तिम बिन्दुसम्म पुगेर खोजी गर्दा पनि कुनै मानिस फेला नपरेको...

