सोमबार, आश्विन ५,२०८३ 12:33:18
Bizshala
  • सोमबार, आश्विन ५,२०८३ 12:33:18
Bizshala
Global IME Bank Limited

बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा करिब १५ अर्ब जम्मा

बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा करिब १५ अर्ब जम्मा
New Office

 

काठमाण्डौ । रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित नागरिकका लागि आर्थिक सहयोग जुट्ने क्रम निरन्तर बढिरहेको छ।

नेपाल सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा हालसम्म करिब १५ अर्ब रुपैयाँ जम्मा भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार हाल कोषमा १४ अर्ब ८८ करोड ९० लाख ३८ हजार ८७१ रुपैयाँ मौज्दात रहेको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

सरकारले कोषमा जम्मा भएको रकममध्ये यसअघि नै एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रका लागि निकासा गरिसकेको छ।

कार्यालयका अनुसार कोषका विभिन्न नौ वटा वाणिज्य बैंकमा ११ अर्ब १४ करोड २० लाख ५० हजार ९४७ रुपैयाँ जम्मा रहेको छ।

त्यस्तै, हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा सञ्चालनमा रहेका अमेरिकी डलर खातामा कुल २ करोड ४४ लाख ७४ हजार १२१ अमेरिकी डलर जम्मा भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.