सोमबार, श्रावण २५,२०८३ 01:18:54
Bizshala
  • सोमबार, श्रावण २५,२०८३ 01:18:54
Bizshala
Global IME Bank Limited

प्रधानमन्त्री शाह–भारतीय राजदूत श्रीवास्तवबीच ४० मिनेट वार्ता, आजै चिनियाँ राजदूतसँग पनि भेट

प्रधानमन्त्री शाह–भारतीय राजदूत श्रीवास्तवबीच ४० मिनेट वार्ता, आजै चिनियाँ राजदूतसँग पनि भेट
New Office

 

काठमाण्डौ । प्रधानमन्त्री बालेन्द्र शाह र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच सोमबार भेटवार्ता भएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटवार्ता करिब ४० मिनेट चलेको बताइएको छ। भेटमा नेपाल–भारत सम्बन्धका विभिन्न पक्षसँगै समसामयिक राजनीतिक तथा कूटनीतिक विषयमा छलफल भएको जनाइएको छ।

प्रधानमन्त्री शाहले पछिल्लो समय विदेशी कूटनीतिक प्रतिनिधिसँगको संवादलाई तीव्र बनाउँदै लगेका छन्। भारतसँग नेपालको राजनीतिक, आर्थिक तथा कूटनीतिक सम्बन्धका विषयमा भइरहेका छलफलका बीच भारतीय राजदूतसँग भएको यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

प्रधानमन्त्री शाहले सोमबार नै नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री शाहले भारत र चीनका राजदूतसँग छुट्टाछुट्टै भेट गरी द्विपक्षीय सम्बन्ध तथा आपसी चासोका विषयमा छलफल गर्ने तयारी यसअघि नै गरेका थिए।

भारतले प्रधानमन्त्री शाहलाई भारत भ्रमणका लागि औपचारिक निमन्त्रणा दिइसकेको सार्वजनिक विवरणसमेत आएको छ। यस्तो अवस्थामा भारतीय राजदूतसँग भएको पछिल्लो भेटलाई नेपाल–भारतबीच उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक संवाद अघि बढाउने सन्दर्भमा समेत महत्त्वका साथ हेरिएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.