शुक्रबार, असार ५,२०८३ 07:52:34
Bizshala
  • शुक्रबार, असार ५,२०८३ 07:52:34
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

‘उद्योगी-व्यवसायी थुन्ने सूची छैन, हल्लाले नतर्सिनुस्, निजी क्षेत्र सरकारको साझेदार हो’ : अर्थमन्त्री वाग्ले

Laxmi Sunrise Bank Limited
‘उद्योगी-व्यवसायी थुन्ने सूची छैन, हल्लाले नतर्सिनुस्, निजी क्षेत्र सरकारको साझेदार हो’ : अर्थमन्त्री वाग्ले
Shivam Cement

काठमाण्डौ । अर्थमन्त्री स्वर्णिम वाग्लेले निजी क्षेत्रलाई लक्षित गर्दै सरकार उद्योगी/व्यवसायीमाथि धरपकड गर्ने तयारीमा रहेको भन्ने चर्चा निराधार भएको स्पष्ट पारेका छन् ।  

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले उद्योगी/व्यवसायीलाई “हल्लाको राजनीति”बाट प्रभावित नहुन आग्रह गर्दै सरकार र निजी क्षेत्रबीच टकराव नभई साझेदारीको सम्बन्ध रहेको बताए ।

Bizshala
New Office
CG Motors

“निजी क्षेत्रका व्यवसायीलाई थुन्ने वा धरपकड गर्ने कुनै सूची सरकारले बनाएको छैन । हल्लाको पछि नलाग्नुस्, तपाईंहरू हाम्रो साझेदार हो,” अर्थमन्त्री वाग्लेले भने ।

सरकारले अघि सारेको १०० बिलियन डलर अर्थतन्त्र निर्माणको दीर्घकालीन लक्ष्य निजी क्षेत्रको सहकार्यबिना सम्भव नहुने उल्लेख गर्दै उनले आर्थिक रूपान्तरणको यात्रामा उद्योगी/व्यवसायीलाई सरकारको मुख्य सहयात्रीको रूपमा चित्रण गरे ।

कार्यक्रममा उनले सरकारका पाँच प्रमुख प्राथमिकतासमेत सार्वजनिक गरे । उनका अनुसार पहिलो प्राथमिकता सुशासन, दोस्रो अर्थतन्त्रको पुनरुत्थान, तेस्रो आन्तरिक तथा बाह्य कनेक्टिभिटी विस्तार, चौथो सामाजिक क्षेत्रमा लगानी र पाँचौं पर्यटन, संस्कृति तथा इतिहासमार्फत नेपालको ‘सफ्ट पावर’ विस्तार रहेको छ ।

Garima Development Bank
Shivam Cement
Bizshala

अर्थतन्त्र अहिले निर्णायक मोडमा पुगेको उल्लेख गर्दै उनले आगामी बजेटले सुधारको स्पष्ट संकेत दिने दाबीसमेत गरे । “अर्थतन्त्रको जहाज मोड्ने चरणमा हामी छौं । केही समय धैर्य गर्नुस्, आगामी बजेटसम्म पर्खिनुस्,” उनले निजी क्षेत्रलाई सम्बोधन गर्दै भने ।

भारतको आर्थिक उछाललाई उदाहरणका रूपमा प्रस्तुत गर्दै अर्थमन्त्री वाग्लेले राजनीतिक स्थायित्व, स्पष्ट दृष्टिकोण र इमानदार कार्यान्वयन भए नेपालले पनि तीव्र आर्थिक फड्को मार्न सक्ने दाबी गरे ।

“सन् २०१४ १५ मा नरेन्द्र मोदीले सत्ता सम्हाल्दा भारतका केही आर्थिक सूचक अहिलेको नेपालकै हाराहारीमा थिए । तर एक दशकमा भारतले असाधारण फड्को मार्यो । अब नेपालले पनि त्यही दिशातर्फ अघि बढ्ने बेला आएको छ,” उनले भने । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.