बिहीबार, जेष्ठ २८,२०८३ 03:41:35
Bizshala
  • बिहीबार, जेष्ठ २८,२०८३ 03:41:35
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सरकारलाई बजेटमा हदबन्दी हटाउन घरजग्गा व्यवसायीको सुझाव, सहुलियत कर्जाको माग

Laxmi Sunrise Bank Limited
सरकारलाई बजेटमा हदबन्दी हटाउन घरजग्गा व्यवसायीको सुझाव, सहुलियत कर्जाको माग
Shivam Cement

काठमाण्डौ । घरजग्गा व्यवसायीहरुले रियल स्टेट क्षेत्रलाई व्यवस्थित गर्न सरकारलाई ८ बुँदे सुझाव पेश गरेका छन् ।  

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा रियल स्टेटलाई व्यस्थित, पारदर्शी र आधुनिक बनाउनुपर्ने सुझाव पेश गरेका हुन् ।  

नेपाल घरजग्गा व्यवसायी महासंघले बजेटमार्फत रियल स्टेटलाई थप पारदर्शी बनाउन सरकारको नीतिगत हस्तक्षेप अपरिहार्य रहेको जनाएको छ ।  

Bizshala
New Office
CG Motors

बजेटमा कित्ताकाट समस्या समाधान गर्ने, रजिष्ट्रेसन दस्तुर घटाउने तथा सहुलियतपूर्ण कर्जा प्रवाह सुनिश्चित गरिनुपर्ने सुझावहरु पेश गरिएका छन् ।  

साथै विदेशी नागरिकलाई नेपालमा अपार्टमेन्ट खरिद गर्न पाउने, अचल सम्पत्ति कारोबारमा काूननी स्पष्टता ल्याई बैंकिङ सुरक्षण सुनिश्चित गर्ने, लोन टु भ्यालु रेसियो कम्तिमा ८० प्रतिशत हुनुपर्ने जस्ता मागहरु पेश गरिएको छ ।

Garima Development Bank
Shivam Cement
Bizshala

महासंघले पेश गरेका सुझावहरु : 

-भूमिसम्बन्धी कानून तथा नीतिहरुको स्पष्टता र एकरूपता - जग्गाको हदबन्दी नलाग्ने व्यवस्था गरी सम्बन्धित कानूनमा परिमार्जन गर्नुपर्छ । भूमिसम्बन्धी विभिन्न कानूनहरूलाई एकीकृत गरी भूमि संहिता जारी गर्नुपर्छ। 

-कित्ताकाट र दर्ता प्रणाली सुधार - कित्ताकाटसम्बन्धी समस्याको दीर्घकालीन समाधान गर्न कानूनी व्यवस्था गर्नुपर्छ ।

-हाल भूउपयोग ऐनलाई अध्यादेशमार्फत् संशोधन गरी कित्ताकाट सम्बन्धमा गरिएको व्यवस्था उपयुक्त भएकोले त्यसलाई कानुन बनाई लागू गर्नुपर्छ । जग्गा दर्ता प्रणालीलाई स्थायी, पूर्वानुमानयोग्य र डिजिटल प्रणालीमार्फत पारदर्शी बनाउनुपर्छ।

-कर तथा वित्तीय पहुँच विस्तार - रजिस्ट्रेसन दस्तुर घटाई यथार्थ मूल्यांकन प्रणाली लागू गर्नुपर्छ। रियल इस्टेट क्षेत्रलाई अन्य उद्योगसरह मान्यता दिई सहुलियत ऋण उपलब्ध गराउनुपर्छ । दीर्घकालीन परियोजनाहरूलाई ध्यानमा राखी कर्जा प्रवाहको निरन्तरता सुनिश्चित गर्नुपर्छ।

- सस्तो आवास र शहरी विकास- सामूहिक तथा संयुक्त आवासका सामुहिक उपयोगको क्षेत्रहरूको हस्तान्तरण विना कर दस्तुर सुनिश्चित गर्नुपर्छ । ल्याण्ड पुलिङ तथा हाउस पुलिङ कार्यक्रम सञ्चालनका लागि स्पष्ट मापदण्ड तय गर्नुपर्छ। समावेशी, सुरक्षित र दिगो शहरी विकासका लागि एकीकृत शहरी विकास ऐन जारी गर्नुपर्छ। स्मार्ट सिटी, मेगा सिटी तथा आधुनिक शहरी विकासमा निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्नुपर्छ ।

- विदेशी तथा प्रवासी नेपाली लगानी आकर्षण - विदेशी नागरिकलाई नेपालमा अपार्टमेन्ट खरिद गर्न पाउने व्यवस्था गर्नुपर्छ। गैरआवासीय नेपालीलाई नेपाली नागरिकसरह घरजग्गा खरिदको अधिकार दिनुपर्छ।

- नियमन र व्यवसायिक वातावरण सुधार - अचल सम्पत्ति कारोबारमा कानुनी स्पष्टता ल्याई बैंकिङ सुरक्षण सुनिश्चित गर्नुपर्छ। कालोसूचीसम्बन्धी अव्यावहारिक प्रावधानहरू हटाई व्यवसायिक वातावरण सुधार गर्नुपर्छ। व्यक्तिगत जमानी सम्बन्धी प्रावधानलाई व्यावहारिक र कानूनसम्मत बनाउनुपर्छ। रियल इस्टेट क्षेत्रमा कर्जा प्रवाह गर्दा लोन टु भ्यालु रेसियो कम्तीमा ८० प्रतिशत हुनुपर्छ ।

- जलवायु अनुकूल विकास र अन्तर्राष्ट्रिय सहयोग - जलवायु अनुकूल शहरी विकास परियोजनामा अन्तर्राष्ट्रिय कोषबाट अनुदान प्राप्त गर्ने व्यवस्था गर्नुपर्छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.