काठमाण्डौ । सरकारले मध्यमवर्गीय परिवारमाथिको करको बोझ घटाउने नीति अबलम्बन गर्ने भएको छ । आज संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले करको संरचना पुनरावलोकन गर्दै उद्यमी तथा मध्यमवर्गीय परिवारमाथिको बोझ घटाइने बताए ।
यस्तै उनले दोहोरो कर हटाइने र करका संरचनामा फेरबदल गरिने समेत बताए ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।