काठमाण्डौ । सरकारले आगामी आर्थिक वर्षमा कृषि क्षेत्रलाई हरित अर्थतन्त्रसँग जोड्ने निर्णय गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी आर्थिक वर्षमा बीमा, पुशस्वास्थ्य सेवा र व्यवसायीकरणमार्फत पशुपालन क्षेत्र सुदृढ गरिने बताएका हुन् ।
साथै कृषि क्षेत्रलाई विस्तार गर्न साना किसानका लागि पशुधन बीमाको दायरा विस्तार गरि बीमालेख जारी, प्रिमियम अनुदान भुक्तानी र दाबी प्रक्रियालाई डिजिटल प्रणालीमा आबद्ध गरिने भएको छ ।

