मंगलवार, आश्विन २७,२०८३ 08:07:12
Bizshala
  • मंगलवार, आश्विन २७,२०८३ 08:07:12
Bizshala
Global IME Bank Limited

सुशासन र राजनीतिक सहमतिलाई प्राथमिकतामा राख्ने सरकारको नीति

Bizshala
सुशासन र राजनीतिक सहमतिलाई प्राथमिकतामा राख्ने सरकारको नीति
New Office

काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सुशासन, आर्थिक विकास र राजनीतिक स्थायित्वलाई मुख्य लक्ष्य बनाएर आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यान्वयन गर्ने बताएका छन् ।  

संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले पारदर्शी शासन प्रणाली, सेवा प्रवाहमा सुधार र भ्रष्टाचार नियन्त्रणलाई सरकारको प्राथमिक एजेन्डा बनाइएको जानकारी दिए ।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

उनका अनुसार भ्रष्टाचारविरुद्ध कडा नीति अवलम्बन गर्दै सार्वजनिक निकायलाई थप उत्तरदायी, पारदर्शी र नागरिकमैत्री बनाइनेछ ।  

साथै अर्थतन्त्रलाई चलायमान बनाउन उत्पादन, लगानी, रोजगारी र सामाजिक सुरक्षासम्बन्धी कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाइने सरकारको योजना छ ।

राष्ट्रपति पौडेलले राजनीतिक दलहरूबीच सहकार्य र संवादमार्फत राष्ट्रिय मुद्दामा साझा धारणा निर्माण गरिने बताए । 

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

सबै समुदाय र क्षेत्रको सहभागिता तथा अपनत्व सुनिश्चित गर्न संविधान संशोधनको विषयलाई पनि सहमतिका आधारमा अघि बढाउने नीति सरकारले लिएको उल्लेख गरे ।

नीति तथा कार्यक्रममा संविधान संशोधनका आवश्यक विषय पहिचान गरी ‘संविधान संशोधन बहस पत्र’ तयार गरिने उल्लेख छ ।  

यस कदमलाई आगामी राजनीतिक बहसको महत्वपूर्ण आधारका रूपमा हेरिएको छ ।  

यद्यपि, विपक्षी दलहरूले भने संविधान संशोधनको एजेन्डामाथि आशंका व्यक्त गर्दै सरकारको उद्देश्यप्रति प्रश्न उठाइरहेका छन् ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X