बुधबार, श्रावण १३,२०८३ 04:08:09
Bizshala
  • बुधबार, श्रावण १३,२०८३ 04:08:09
Bizshala
Global IME Bank Limited

बजेटको सिद्धान्त तथा प्राथमिकता बिहीबार संसदमा प्रस्तुत हुने, आगामी बजेटको दिशा तय गर्ने तयारी

बजेटको सिद्धान्त तथा प्राथमिकता बिहीबार संसदमा प्रस्तुत हुने, आगामी बजेटको दिशा तय गर्ने तयारी
New Office

काठमाण्डौं । बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रियासँग सम्बन्धित एक महत्वपूर्ण चरण औपचारिक रूपमा अघि बढ्ने भएको छ।  

उक्त बैठकमा सरकारले आगामी बजेटको आधार दस्तावेजका रूपमा रहने “बजेटको सिद्धान्त तथा प्राथमिकता” (Budget Principles and Priorities) संसदसमक्ष प्रस्तुत गर्ने तयारी गरेको छ।

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आज अर्थ समितिमा भएको छलफलका क्रममा यसबारे जानकारी दिँदै सो दस्तावेज संसदमा पेस हुने प्रक्रिया अगाडि बढेको बताए।  

उनका अनुसार यो चरण बजेट निर्माण प्रक्रियाको प्रारम्भिक भएपनि अत्यन्तै महत्वपूर्ण भाग हो, जसले आगामी बजेटको दिशा, प्राथमिक क्षेत्र र नीति संरचना निर्धारण गर्न आधार प्रदान गर्छ।  

उनले सांसदहरूबाट आउने सुझाव, सरोकार र प्राथमिकताहरूलाई अर्थ मन्त्रालयले आगामी बजेटमा समेट्ने प्रतिबद्धता समेत व्यक्त गरे।

अर्थमन्त्री डा. वाग्लेले वर्तमान सरकारले ल्याएको नीति तथा कार्यक्रम राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी बाचापत्रसँग धेरै हदसम्म मेल खाने प्रकृतिको रहेको पनि उल्लेख गरे।  

उनका भनाइ अनुसार सरकारको वर्तमान आर्थिक दृष्टिकोण र प्राथमिकताहरू उक्त बाचापत्रका विभिन्न बुँदासँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सम्बन्धित छन्।

त्यसैगरी उनले अर्थ मन्त्रालयमा विभिन्न सांसदहरूबाट बजेट विनियोजनसम्बन्धी माग निरन्तर आइरहेको जानकारी दिए।  

तर, नयाँ सरकार गठन हुनुअघि नै बजेटको प्रारम्भिक सिलिङ (budget ceiling) निर्धारण भइसकेको कारण अहिले बजेट वितरणका लागि उपलब्ध “स्पेस” सीमित रहेको उनले स्पष्ट पारे।

नेपालको प्रचलित कानूनी व्यवस्था अनुसार वार्षिक बजेट सार्वजनिक गर्नुभन्दा कम्तीमा १५ दिन अगाडि बजेटको सिद्धान्त तथा प्राथमिकता सार्वजनिक गर्नुपर्ने प्रावधान छ।

सोही कानूनी व्यवस्था अनुरूप नै यो दस्तावेज संसदमा प्रस्तुत हुन लागेको हो।  

यसले आगामी बजेटको नीति, प्राथमिक क्षेत्रहरू तथा खर्च संरचनाको प्रारम्भिक खाका तयार पार्ने आधार निर्माण गर्नेछ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.