रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित
काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरू पार्टीको महाधिवेशनमा सहभागी भएपछि प्रतिनिधिसभाको बैठक पुनः स्थगित गरिएको छ।संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले शुक्रबार सूचना जारी गर्दै विशेष कारणवश प्रतिनिधिसभाको बैठक शनिबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको जानकारी दिएका हुन्।

