मंगलवार, भाद्र २,२०८३ 05:42:44
Bizshala
  • मंगलवार, भाद्र २,२०८३ 05:42:44
Bizshala
Global IME Bank Limited

संसदमा फेरि तनाव : बैठक शुरु हुनासाथ विपक्षीको अवरोध, ‘तमासा’ टिप्पणीले तात्यो संसद, रेकर्ड हटाउन माग

संसदमा फेरि तनाव : बैठक शुरु हुनासाथ विपक्षीको अवरोध, ‘तमासा’ टिप्पणीले तात्यो संसद, रेकर्ड हटाउन माग
New Office

काठमाण्डौं । १५ मिनेटका लागि स्थगित गरिएको प्रतिनिधिसभा बैठक पुनः शुरु भएपनि संसदको तनाव भने कायमै रहेको छ ।

बैठक शरु हुनासाथ विपक्षी दलहरूले फेरि अवरोध जनाएका थिए ।

Bizshala
CG Motors

विपक्षीको विरोधपछि डोलप्रसाद अर्यालले प्रतिपक्षलाई धारणा राख्न समय दिएका थिए ।  

त्यसक्रममा विपक्षीका तर्फबाट रमेश मल्लले बोल्दै केहीबेरअघि रास्वपा सांसदले दिएको अभिव्यक्तिप्रति नियमापत्ति जनाएका थिए ।

उनले रास्वपा सांसद जगदीश खरेलले विपक्षीको विरोधलाई “तमासा” भनेको टिप्पणी असंसदीय भएको दाबी गर्दै संसदको रेकर्डबाट हटाउन माग गरेका थिए ।

यसअघि सांसद खरेलको उक्त अभिव्यक्तिपछि कांग्रेस सांसद नरेन्द्रकुमार केरूङ लगायत विपक्षी सांसद आक्रोशित बनेका थिए ।  

संसदमा भनाभन र होहल्ला बढेपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए ।

पुनः बैठक सुरु हुँदा पनि सत्ता–विपक्षबीचको तनाव कम नदेखिएपछि संसदको वातावरण अझ असहज बनेको छ ।  

प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम र संसदीय मर्यादालाई लिएर शुरु भएको विवाद अहिले असंसदीय अभिव्यक्तिसम्म पुगेको देखिएको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.