मंगलवार, जेष्ठ १२,२०८३ 05:26:22
Bizshala
  • मंगलवार, जेष्ठ १२,२०८३ 05:26:22
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

प्रधानमन्त्री प्रश्नोत्तरको माग बेवास्ता, संसदमा चर्कियो विवाद, बैठक १५ मिनेट स्थगित

Laxmi Sunrise Bank Limited
प्रधानमन्त्री प्रश्नोत्तरको माग बेवास्ता, संसदमा चर्कियो विवाद, बैठक १५ मिनेट स्थगित
Shivam Cement

काठमाण्डौं । डोलप्रसाद अर्यालले विपक्षी दलहरूको अवरोधका बीच प्रतिनिधिसभा बैठक अघि बढाएपछि संसदमा राजनीतिक तानातान चर्किएको छ ।  

प्रधानमन्त्रीसँगको अनिवार्य प्रश्नोत्तर कार्यक्रम कार्यान्वयन नभएको भन्दै विपक्षी सांसदहरूले बैठक अवरुद्ध गर्न खोजे पनि सभामुखले कार्यसूची रोकेनन् ।

Bizshala
New Office
CG Motors

प्रतिनिधिसभा नियमावलीमा प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुनुपर्ने व्यवस्था रहेपनि लामो समयदेखि कार्यक्रम सञ्चालन हुन नसकेको विषयलाई लिएर विपक्षी दलहरू आक्रोशित बनेका छन् ।  

उनीहरूले प्रधानमन्त्री बालेन्द्र शाह लाई संसदमा उपस्थित गराएर प्रत्यक्ष जवाफदेही बनाउनुपर्ने माग गरेका थिए ।

तर, सभामुख अर्यालले प्रधानमन्त्रीको समय तय भएपछि जानकारी गराइने भन्दै बैठकलाई नियमित कार्यसूचीतर्फ लगेका थिए ।  

विपक्षी सांसदहरू उभिएर विरोध गरिरहेकै अवस्थामा पर्यटन विधेयकमाथिको छलफल शुरु भएपछि संसदको वातावरण थप तनावपूर्ण बनेको थियो ।

Garima Development Bank
Shivam Cement
Bizshala

त्यसक्रममा जगदीश खरेलले संसदको अवस्थालाई “तमासा” भनेपछि सत्ता र प्रतिपक्षबीच तीव्र भनाभन भएको थियो ।  

नरेन्द्रकुमार केरूङ लगायतका सांसदहरूले आपत्ति जनाउँदै चर्को प्रतिक्रिया दिएका थिए ।

स्थिति नियन्त्रणबाहिर जान थालेपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए । 

संसदमा प्रधानमन्त्रीको अनुपस्थिति, नियमावली कार्यान्वयनको प्रश्न र सभामुखको भूमिकालाई लिएर पछिल्लो समय राजनीतिक दबाब बढ्दै गएको छ ।

विपक्षी दलहरूले संसदलाई प्रभावकारी बनाउनेभन्दा सरकार जोगाउने शैलीमा बैठक सञ्चालन भइरहेको आरोप लगाएका छन् ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.