काठमाण्डौ । प्रतिनिधिसभा बैठक आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पारित गरेपछि १५ मिनेटका लागि स्थगित गरिएको छ।
सभामुख डोलप्रसाद अर्यालले कार्यसूची सम्पन्न भएपछि बैठक केही समय विश्रामका लागि रोकिएको जानकारी दिएका हुन्।
संसद सचिवालयका अनुसार स्थगनपछि बैठक पुनः बस्नेछ।
त्यसपछिको बैठकमा पूर्वसांसद तथा पूर्वमन्त्री राजेन्द्र खरेलको निधनप्रति शोक प्रस्ताव प्रस्तुत गरी पारित गर्ने कार्यसूची राखिएको छ।
शोक प्रस्ताव पारित भएपछि दिवंगत खरेलप्रति प्रतिनिधिसभा सदस्यहरूले औपचारिक श्रद्धाञ्जली अर्पण गर्नेछन्।
त्यस क्रममा उहाँको राजनीतिक योगदान र सार्वजनिक सेवाप्रति सम्मान प्रकट गरिने संसदले जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।