Bizshala
  • मंगलवार, जेष्ठ २६,२०८३ 04:07:17
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

विपक्षीको अवरोधपछि प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित

Laxmi Sunrise Bank Limited
विपक्षीको अवरोधपछि प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित
Shivam Cement

काठमाण्डौ । प्रतिनिधिसभाको बैठक पुनः अवरुद्ध भएको छ  । सभामुख डीपी अर्यालले बैठक भोलि बिहान ११ बजेसम्मका लागि स्थगित गरेका हुन् ।  

विपक्षी दलका सांसदहरूले आफ्नो विरोध जारी राखेपछि निर्धारित कार्यसूची अघि बढाउन नसकिएको हो।

Bizshala
New Office
CG Motors

बैठक शुरु हुनासाथ विपक्षी सांसदहरू आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए। 

उनीहरूले प्रधानमन्त्री बालेन शाहले नेपाल–भारत सीमा सम्बन्धी दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै त्यस विषयमा स्पष्ट धारणा र जवाफ माग गरेका छन्।

विपक्षी दलहरूको आरोप अनुसार प्रधानमन्त्री शाहले नेपालले भारतीय सीमा मिचेको भन्ने आशय व्यक्त गर्ने गरी सार्वजनिक अभिव्यक्ति दिएका थिए, जसले राष्ट्रिय हित र सार्वभौमिकतासँग सम्बन्धित संवेदनशील विषयमा भ्रम सिर्जना गरेको उनीहरूको भनाइ छ।

यही विषयलाई लिएर विपक्षी दलहरूले सदनमा निरन्तर अवरोध गर्दै आएका छन्।

विपक्षी सांसदहरूले प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे आत्मालोचना गर्दै संसद् र जनतासमक्ष माफी माग्नुपर्ने माग राखेका छन्।  

 

Garima Development Bank
Shivam Cement
Bizshala

उनीहरूले माग सम्बोधन नभएसम्म संसद्को कारबाही सहज रूपमा सञ्चालन हुन नदिने चेतावनीसमेत दिएका छन्।

सदनको अवरोध हटाउन सभामुखले दलहरूबीच सहमति खोज्ने प्रयास गरे पनि तत्काल सहमति जुट्न नसकेपछि बैठक सञ्चालन गर्न कठिन भएको थियो।  

त्यसपछि सभामुख अर्यालले संसद्को बैठक भोलि बिहान ११ बजेसम्मका लागि स्थगित भएको जानकारी गराएका थिए ।  

संसद्को निरन्तर अवरोधका कारण विधेयकहरू, नीति तथा कार्यक्रमसम्बन्धी छलफल र अन्य संसदीय कार्यहरू प्रभावित भइरहेका छन्।  

राजनीतिक दलहरूबीच संवाद र सहमतिमार्फत उत्पन्न गतिरोधको निकास खोज्न दबाब बढ्दै गएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.