बुधबार, असार २४,२०८३ 02:55:07
Bizshala
  • बुधबार, असार २४,२०८३ 02:55:07
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

प्रतिनिधिसभा बैठक बिहान ११ बजे बस्दै, बजेटदेखि अन्तर्राष्ट्रिय सन्धिसम्मका एजेन्डा

Laxmi Sunrise Bank Limited
प्रतिनिधिसभा बैठक बिहान ११ बजे बस्दै, बजेटदेखि अन्तर्राष्ट्रिय सन्धिसम्मका एजेन्डा

काठमाण्डौ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्ने भएको छ ।  

बैठकमा सरकारका आर्थिक, सांस्कृतिक र श्रम नीतिसँग जोडिएका महत्वपूर्ण विधेयक तथा अन्तर्राष्ट्रिय सन्धिहरू सदनमा पेस हुने कार्यसूची रहेको छ।

New Office
CG Motors
Garima Development Bank

बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनसँग सम्बन्धित विनियोजन विधेयक, २०८३ प्रतिनिधिसभामा पेस गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ।  

यो विधेयकलाई सरकारको विकास रणनीति र आर्थिक प्राथमिकता कार्यान्वयन गर्ने प्रमुख उपकरणका रूपमा हेरिएको छ।

त्यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलले राष्ट्रियसभाबाट उत्पत्ति भएको अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८३ सदनमा प्रस्तुत गर्नेछन्।  

सांस्कृतिक सम्पदा संरक्षणसँगै पर्यटन प्रवर्द्धन र पहिचान सुदृढीकरणलाई जोड दिने यो विधेयकलाई दीर्घकालीन नीतिगत महत्वको रूपमा लिइएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस्तै युवा, श्रम तथा रोजगार मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेकी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारीले अन्तर्राष्ट्रिय श्रम सङ्गठन ( आईएलओ ) को श्रम निरीक्षणसम्बन्धी महासन्धि, १९४७ (नं. ८१) प्रतिनिधिसभामा पेस गर्ने कार्यसूची रहेको छ। 

यसलाई श्रम बजारमा पारदर्शिता, श्रमिक अधिकार र कार्यस्थल सुरक्षा सुदृढीकरणतर्फको कदमका रूपमा विश्लेषण गरिएको छ।

त्यसैगरी मन्त्री गौरीकुमारीले नै बाध्यकारी श्रमसम्बन्धी अन्तर्राष्ट्रिय श्रम सङ्गठनको महासन्धि, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल (नं. २९) पनि सदनमा प्रस्तुत गर्नेछिन्।

 यसलाई नेपालले अन्तर्राष्ट्रिय श्रम मापदण्ड र मानव अधिकारप्रति देखाएको प्रतिबद्धतासँग जोडेर हेरिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X