Bizshala
  • सोमबार, जेष्ठ १८,२०८३ 05:26:45
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

आइतबारको हंगामापछि प्रतिनिधिसभा बैठक कक्षको संरचना फेरियो

Laxmi Sunrise Bank Limited
आइतबारको हंगामापछि प्रतिनिधिसभा बैठक कक्षको संरचना फेरियो
Shivam Cement

काठमाण्डौं । प्रतिनिधिसभा बैठक कक्षको भौतिक संरचनामै परिवर्तन गरिएको छ ।  

आइतबार संसद्मा भएको तनावपूर्ण घटनापछि सभामुखको आसन र सांसदहरू बस्ने क्षेत्रबीचको दूरी बढाइएको हो।

Bizshala
New Office
CG Motors

संसद् सचिवालयले सोमबारदेखि लागू हुने गरी सभामुखको रोष्ट्रमअगाडिको भाग पुनः व्यवस्थापन गरेको छ।  

सचिवालयका अनुसार सांसदहरू बस्ने अगाडिका दुई लहर (रो) हटाइएपछि अब सभामुखको आसन र सदनको फ्लोरबीच पहिलेभन्दा बढी खाली स्थान रहनेछ।

आइतबार प्रतिनिधिसभा नियमावली पारित गर्ने क्रममा संसद्मा असामान्य तनाव सिर्जना भएको थियो।  

नियमावलीका केही प्रावधानमा असहमति जनाउँदै विपक्षी सांसदहरूले थप छलफलका लागि विषय संसदीय समितिमा पठाउन माग गरेका थिए।  

तर, सभामुख डोलप्रसाद अर्यालले निर्णय प्रक्रिया अगाडि बढिसकेको भन्दै नियमावलीलाई पुनः समितिमा फर्काउन नसकिने अडान लिएका थिए।

त्यसपछि विपक्षी सांसदहरू सभामुखको आसन नजिकसम्म पुगेर विरोधमा उत्रिएका थिए।  

उनीहरूले वेल घेराउ गर्नुका साथै नाराबाजी गर्दै कार्यवाही रोक्न प्रयास गरेका थिए।

Garima Development Bank
Shivam Cement
Bizshala

सदनभित्रको वातावरण केहीबेर अत्यन्त तनावपूर्ण बनेको थियो।

संसदीय इतिहासमै दुर्लभ मानिने उक्त घटनापछि सभामुखले मर्यादापालकहरूको सुरक्षा घेराभित्र बसेर बैठक सञ्चालन गरेका थिए।  

विपक्षीको विरोधका बीच पनि राति अबेर नियमावली पारित भएको घोषणा गरिएको थियो।

संसद् सचिवालयले बैठक कक्षको संरचनात्मक फेरबदललाई नियमित व्यवस्थापनको विषय भने पनि राजनीतिक वृत्तमा यसलाई आइतबारको घटनापछि अपनाइएको सुरक्षा सतर्कताका रूपमा हेरिएको छ।  

संसद् भवनभित्र सभामुखको आसनसम्म सांसदहरूको प्रत्यक्ष पहुँच सीमित गर्ने उद्देश्यले दूरी बढाइएको विश्लेषणसमेत हुन थालेको छ।

प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिलाई लिएर संसद्मा जारी विवादका बीच बैठक कक्षको संरचनामा गरिएको यो परिवर्तनले संघीय संसद्भित्र बढ्दो राजनीतिक तनावलाई थप उजागर गरेको टिप्पणी पनि हुन थालेको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.