मंगलवार, श्रावण १२,२०८३ 11:47:03
Bizshala
  • मंगलवार, श्रावण १२,२०८३ 11:47:03
Bizshala
Global IME Bank Limited

रास्वपाको केन्द्रीय समिति विघटन, रवि लामिछानेको संयोजकत्वमा महाधिवेशन मूल आयोजक समिति गठन

रास्वपाको केन्द्रीय समिति विघटन, रवि लामिछानेको संयोजकत्वमा महाधिवेशन मूल आयोजक समिति गठन
New Office

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो केन्द्रीय संगठन संरचनामा महत्वपूर्ण पुनर्संरचना गर्दै केन्द्रीय समिति विघटन गर्ने निर्णय गरेको छ।

बुधबार बिहान वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो। 

बैठकले पार्टी सभापति रवि लामिछानेको संयोजकत्वमा महाधिवेशन मूल आयोजक समिति गठन गर्ने निर्णय पनि गरेको छ।

पार्टीले मौजुदा केन्द्रीय समितिलाई नै महाधिवेशन आयोजक समितिको रूपमा रूपान्तरण गर्ने निर्णय गरेको छ।  

यससँगै अब केन्द्रीय समितिले गर्दै आएका नियमित संगठनात्मक र व्यवस्थापनसम्बन्धी जिम्मेवारीहरू महाधिवेशन आयोजक समितिले सम्हाल्ने भएको छ। 

पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार अब संगठनको मुख्य ध्यान आगामी महाधिवेशनको तयारीमा केन्द्रित हुनेछ।

आगामी असार ७, ८ र ९ गते चितवनमा हुने महाधिवेशनलाई व्यवस्थित बनाउन बैठकले विभिन्न उपसमितिहरू पनि गठन गरेको छ।  

तीमध्ये प्रतिनिधि व्यवस्थापन समिति, प्रतिवेदन तथा प्रस्ताव मस्यौदा समिति, प्रचार–प्रसार व्यवस्थापन समिति, सूचना तथा प्रविधि व्यवस्थापन समिति, आवास तथा भोजन समिति, स्वास्थ्य तथा प्राथमिक उपचार व्यवस्थापन समिति, सांस्कृतिक कार्यक्रम समिति तथा अतिथि सत्कार समिति रहेका छन्।

यस निर्णयसँगै रास्वपाले महाधिवेशन केन्द्रित संरचनामा प्रवेश गर्दै संगठनलाई नयाँ ढाँचामा लैजाने तयारी गरेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.