बिहीबार, जेष्ठ २८,२०८३ 03:41:48
Bizshala
  • बिहीबार, जेष्ठ २८,२०८३ 03:41:48
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

शंकर कोइरालाको सुझाव : ‘विद्युत व्यापार निजी क्षेत्रलाई खोलौँ, उद्योगीकरणको नयाँ चरण सुरु गरौँ’

Laxmi Sunrise Bank Limited
शंकर कोइरालाको सुझाव : ‘विद्युत व्यापार निजी क्षेत्रलाई खोलौँ, उद्योगीकरणको नयाँ चरण सुरु गरौँ’
Shivam Cement

काठमाण्डौ । पूर्वअर्थमन्त्री शंकर कोइरालाले सरकारले अब उद्योग, ऊर्जा र पूर्वाधार विकासमा निजी क्षेत्रलाई अझ खुला र सहज वातावरण दिनुपर्ने बताएका छन्।

Bizshala
New Office
CG Motors

पूर्वअर्थमन्त्रीहरूसँगको छलफलमा कोइरालाले विगतमा तयार भएका आर्थिक सुधारसम्बन्धी प्रतिवेदनहरूलाई ‘सजावटका दस्तावेज’ मात्रै नबनाई कार्यान्वयनमा लैजानुपर्ने धारणा राखे।

उनले अर्थमन्त्री वाग्लेलाई “सही समयमा सही ठाउँमा आएको व्यक्ति” भन्दै सफलताको शुभकामना दिँदै अहिले सुधार गर्ने अनुकूल राजनीतिक परिस्थिति बनेको बताए।

कोइरालाले ऊर्जा क्षेत्रमा निजी क्षेत्रको भूमिका विस्तार गर्नुपर्नेमा जोड दिँदै विद्युत व्यापार निजी क्षेत्रलाई खुला गर्नुपर्ने प्रस्ताव गरे। अहिले उत्पादनमा निजी क्षेत्रको सहभागिता भए पनि व्यापारमा सरकारी नियन्त्रण धेरै रहेको उनको बुझाइ थियो।

Garima Development Bank
Shivam Cement
Bizshala

ठूला आयोजना निर्माणका क्रममा वनसम्बन्धी कानुनी जटिलता ठूलो अवरोध बनेको भन्दै उनले वन क्षेत्रसम्बन्धी अप्ठ्याराहरू फुकुवा गर्न सुझाव दिए। त्यस्तै, नयाँ उद्योग र औद्योगिक क्षेत्र स्थापना गरी रोजगारी सिर्जना गर्नुपर्ने धारणा पनि राखे।

उनले विदेशी लगानीकर्तालाई विनिमय जोखिमबाट जोगाउन ‘हेजिङ पोलिसी’ प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए। यो नीति जनार्दन शर्माको कार्यकालमा अघि बढाइएको स्मरण गर्दै त्यसलाई निरन्तरता दिन आग्रह गरे।

कोइरालाले पुराना सरकारी उद्योग पुनर्जीवित गर्ने बहसभन्दा नयाँ उद्योग स्थापना र उत्पादन विस्तारमा केन्द्रित हुनुपर्ने बताए। यद्यपि उनले “सरकारले कपडा उद्योग चलाउनुपर्छ” भन्ने धारणा राख्दै केही रणनीतिक उद्योगमा राज्यको भूमिका आवश्यक हुने उल्लेख गरे।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.